शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १८ गते । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बिबिबी प्लस’ रेटिङ प्राप्त गरेको छ ।
कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट उक्त रेटिङ प्राप्त गरेको हो । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउने कम्पनीले जनाएको छ ।