एडिपीको साधारणसभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जैंनालु र दोभानबाट वार्षिक एक करोड ५० लाख बराबरको अलैँची निर्यात
दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गेको जैंनालु र दोभान क्षेत्रबाट मात्र वार्षिक एक करोड ५० लाख रुपियाँ बराबरको अलैँची निर्यात हुँदै आएको छ । यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।
सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
बिहीबार प्रतितोला रू. दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू. दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शिक्षा र प्रविधिमा नयाँ प्रयास : सिपालु सोलुसनका तीन नवीनतम पहल सार्वजनिक
नेपालमा शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरु गर्दै सिपालु सोलुसनले तीन नवीनतम पहलहरू सिपालु कनेक्ट, सिपालु हार्डटेक र सिपालु सफ्टटेक औपचारिक रूपमा सार्वजनिक गरेको छ।
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट
यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
वैदेशिक रोजगार विभागको सेवा प्रभावित
वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ ।
तीन दिनमा सोह्र हजारले घट्यो सुनको मूल्य
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । स्थानीय बजारमा तीन दिनको अवधिमा सुनको मूल्य तोलामा १६ हजार पाँच सय रुपियाँले घटेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य घटेर मङ्गलबार दुई लाख ३७ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न थालेको हो ।
दुई हजार नौ सय घट्यो सुनको मूल्य
नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो ।
सञ्चालन मोडालिटी नबन्दा अर्बौ लगानीका आयोजना अलपत्र
बागमती प्रदेश सरकारले खास उद्देश्यले निर्माण गरेका केही आयोजना सञ्चालन हुन नसक्दा ठुलो लगानी जोखिममा परेको छ । ठोस योजना र कार्यविधि बिना आयोजनामा लगानी खन्याउने प्रवृत्तिले जनता तिरेको करको दुरुपयोग हुने हो कि भन्ने आशङ्का बढेको छ ।
अमेरिका-चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि
अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
सुनको मूल्य तोलाको दुई हजार घट्यो
स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू. दुई हजारले घटेर रू. दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन तोलामा ११ हजार ६ सयले घट्यो
नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ ।
चाडवाडमा तरकारीको मूल्य आकाशियो
चाडपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् । दसैँदेखि क्रमशः बढ्दै आएको तरकारीको भाउ छठसम्म आइपुग्दा किन्नै नसकिने गरि महँगिएको छ ।
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडक थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।
तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन
पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रूपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।
ह्यात होटललाई सेवा सुचारु गर्न आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ ।
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कालीगण्डकीका कृषकले तिहारमा कमाए १६ लाख
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरुले तिहारमा फूल बेचेर मात्रै १६ लाखभन्दा बढि कमाएका छन् । तिहार सकिँदा राम्रो आम्दानी गर्न सफल भए पछि कालीगण्डकीका कृषकहरु हर्षित भएका हुन् ।
तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु
नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ ।