शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १० गते । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू. दुई हजारले घटेर रू. दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू. ३५ ले घटेर रू. दुई हजार ९८० भएको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू. दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस