होर्मुज सङ्कटले विश्व बजारमा हलचल
इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजार गहिरो गिरावटमा पुगे ।
भारत-क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य
भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।
मान्म बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा
कालीकोटको सदरमुकाम मान्ममा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा खाने तेल, चामल, दाल, चिनी, साबुनलगायतका सामग्रीको मूल्य पछिल्लो केही सातादेखि क्रमशः बढ्दै गएको उपभोक्ताहरूले बताएका छन्।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रमा ‘सटडाउन, मर्मत कार्य जारी
तनहुँको आँबुखैरेनी गाँउपालिका–४, मर्स्याङ्दी जलविद्युत केन्द्रले आफ्नो उत्पादन क्षमता र संरचनाको दिगोपनका लागि ‘प्लान्ट सटडाउन’ लिएर व्यापक मर्मत सम्भार सुरु गरेको छ । फागुन २ गतेदेखि २१ दिनको लागि सुरु गरिएको केन्द्रले जनाएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।
नेपालमा विदेशी श्रमिक बढ्दै, निर्माण क्षेत्रमा सबैभन्दा बढी
नेपालमा आएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हवाई उडानलगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।
चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबिचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ ।
यातायात व्यवस्था कार्यालयद्वारा दस करोड बढी राजस्व सङ्कलन
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित यातायात व्यवस्था कार्यालय, तनहुँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड १७ लाख ८७ हजार २८० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२ र ८३ को सात महिनाको अवधिमा ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ।
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।
अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ ।
रोजगारी दिँदै हातेकागज उद्योग
दाङको देउखुरीमा रहेको राप्ती नेपाली हातेकागज उद्योगले स्थानीय कच्चा पदार्थको उपयोग गर्दै १५० भन्दा बढी स्थानीयलाई रोजगारी दिएको छ । आर्थिक सङ्कट कारण देखाउँदै जिल्लामा साना