भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।
थाइल्यान्ड-कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्यान्डको सेनाले शनिबार बिहान दुई वटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
एमाले महाधिवेशनको उदघाटनसत्र सुरु हुँदै (फोटो फिचर)
नेकपा (एमाले) को ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागु
युरोपेली सङ्घ (ईयु)ले शुक्रबार रूसी केन्द्रीय बैँकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ ।
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड
सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
प्रहरीद्वारा साढे तीन बिघा गाँजा फडानी
सर्लाहीको चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा प्रहरीले साढे ३ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
लोकदोहोरी प्रतिष्ठानमा आबद्धको उपचारमा २५ प्रतिशत छुट
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
“छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी ।
चैतलाई ‘बागलुङ भ्रमण’ महिनाको रूपमा मनाउने तयारी
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।
बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपी, मोजा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ ।
कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु
सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ ।
मन्त्री घिसिङद्वारा नारायणी नदीमा बन्न लागेको पुलको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ ।
पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच
पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।
एमाले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)
नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् एक सय आठ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।
नेपाल–अङ्ग्रेज युद्ध : स्मारकमा गोरखालीको वीरगाथा
वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।
धनकुटाबाट लागुऔषधसहित छजना पक्राउ
धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ ।
चार वर्षमा चार हजारभन्दा बढीले गुमाए ज्यान
मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
बुधरामको बन्धक जिन्दगी [कथा]
मङ्सिर महिना । गाउँभरि धान दाइँको चटारो छ । वर्षभरिको कमाइ घर भित्र्याउने ध्याउन्नमा किसान लागेका छन् । बुधराम थारूको परिवार पनि धान दाइँमा लागेको छ । मात्र दुइटा गोरुले बुधरामको धानको घान मेलो अलिकति पनि निख्रिरहेको छैन । ऊ घरी घरी घाना समेट्दै बर्बराउँछ, “खै यो के धान हो सस्सुर, निख्रँदै ननिख्रिने ।”
मुस्ताङका पशुपालक कृषक पहाडी र हिउँ चितुवाको चपेटामा
घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।