चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ।
मनसुनी विपद् : ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते
पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।
कार दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर
पाल्पाको रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इलाममा विद्युत सेवा सुचारु
बाढी पहिरोका कारण अवरुद्ध बनेको विद्युत सेवा इलाममा ३६ घण्टा पछि सुचारु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्दार उडान गरिएको छ ।
सरकार निजी क्षेत्रको मनोबल बढाउन प्रयत्नशील : अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ ।
चार दिनदेखि बेपत्ता बालिकाको शव फेला
चार दिनअघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको छ । उनको शव गुडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २० र २१ गते
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने भएको छ ।
जयपुरको सवाई मानसिँह अस्पतालमा बिजुलीको सर्किट सर्ट भएर आगलागी हुँदा छ जनाको मृत्यु
जयपुरको सवाई मानसिँह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको कार्यालयले ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियुमा आगलागी हुँदा छ जनाको ज्यान गएको जनाइएको छ ।
राजविराज कारागारमा आठ जना कैदीबन्दीले गरे आत्मसमर्पण
जेनजी आन्दोलनका क्रममा राजविराजस्थित कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीमध्ये आठ जनाले सोमबार आत्मसमर्पण गरेका छन् ।
घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले भाग लिन्छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
बाढीले बगाउँदा एक बालकको मृत्यु, दुई बालिका बेपत्ता
रौतहटमा बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ भने दुई बालिका बेपत्ता भएका छन् ।
एसियन कप छनोट : भियतनामसँग खेल्ने फुटबल टोलीको बिदाइ
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
सिड्नीमा भएको गोली हानाहानमा २० जना घाइते
सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ ।
मन्त्रिपरिषद घोषणा गरेपछि केही घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गर्नु भएको छ । उहाँले आफ्नो मन्त्रिपरिषद घोषणा गरेको केही घण्टामै राजीनामा दिनुभएको थियो ।
अभिभावकको आग्रह अटेर गर्दा ...
रसुवाको लाङटाङ घुम्न गएका एकै परिवारका तीन जनासहित भक्तपुरका चारजना परिवारको आग्रहलाई अटेर गरी घुम्न गएको पारिवारिक स्रोतले जनाएको छ ।
युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती
युक्रेनबाट भएको तीव्र ड्रोन आक्रमणपछि रुसले आफ्नो सीमावर्ती क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको जनाएको छ । किएभले गरेको यो प्रहारलाई युद्ध सुरु भएपछिका सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ ।
मनसुन बाहिरिन सुरु
जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ ।
बार्सिलोनालाई सेभियाको झट्का
सेभियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली बार्सिलोना ४–१ गोलले स्तब्ध बन्यो ।
पोर्टल्यान्डमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको ‘गैरकानूनी प्रयास’ अदालतले रोकिदियो
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आइतबार (स्थानीय समय) राष्ट्रपति श्री डोनाल्ड ट्रम्पको पोर्टल्यान्डमा तीन सय नेसनल गार्ड सेना तैनाथ गर्ने ‘गैरकानूनी प्रयास’ लाई एक सङ्घीय न्यायाधीशले रोक लगाएको बताउनुभएको छ ।
हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोही फसेका छन् । उद्धारकर्ताले उनीहरूलाई मद्दत गरिरहेका छन् ।
चौथो निस्दी कपको तयारी
असोज २२ देखि २५ गतेसम्म हुन गैरहेको निस्दी कपमा पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता हुने भएको हो ।
सेवा केन्द्रमा ४१ ले लिए अस्थायी आश्रय
लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको अल्पकालीन सेवा केन्द्रले विभिन्न समस्या परेको तथा असहज परिस्थितिमा पुगेका ४१ जनालाई अस्थायी आश्रय दिएको छ ।