सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी
सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उहाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते
कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रहरी प्रदेश मातहत नै हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको मर्मअनुसार प्रहरी प्रदेश सरकारमतहत नै हुनुपर्नेमा जोड दिनुभएको छ ।
बिस्का जात्राको पूर्व सन्ध्यामा तःमारी धिमे नृत्य
बिस्का जात्राको पूर्व सन्ध्यामा तःमारी क्षेत्रमा भव्य धिमे नृत्य प्रस्तुत गरिएको छ। नयाँ वर्षसँग जोडिएको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बिस्का जात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवापुस्ता तथा आन्तरिक पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कपिलवस्तुमा आर्थिक गणना प्रभावकारी बनाउन प्रशिक्षण
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन गणक तथा सुपरिवेक्षकका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।
राप्तीमा घडियालको गुँड खोज्दै निकुञ्ज
विश्वमै अति संकटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारमा गुँड खोज्ने अभियान सुरु गरेको छ ।
चेपाङ बस्तीमा विद्युतीकरण गर्न ऊर्जामन्त्रीको ध्यानाकर्षण
मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ बस्तीमा विद्युतीकरण गर्न र जीर्ण अवस्थामा पुगेका काठका विद्युतीय पोल हटाउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
मानुङकोटमा आन्तरिक पर्यटक
तनहुँको व्यास नगरपालिका–५ मा रहेको मानुङकोटको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । मानुङकोट पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।
जेसीज कप फुटबलको सेमिफाइनल समिकरण पूरा
गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेल जित्दै गण्डकी प्रदेश प्रहरी सेमिफाइनलमा पुगिसकेको छ ।
कृषि अध्ययन गरेर स्ट्रबेरी खेतीमा रमाउँदै युवा
प्लाष्टिकले मल्चिङ गरिएको चिटिक्क परेका डिलहरु छन् । त्यसमाथि रोपिएका बोटमा लटरम्म फलेका फलहरु पाकेर मुखै रसाउने भइसकेका छन् ।
जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह
सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
दाङमा आर्थिक गणनाका लागि गणक तथा सुपरिवेक्षकलाई तालिम
राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि दाङमा गणक तथा सुपरिवेक्षकलाई लक्षित गरी तालिम सुरु गरिएको छ ।
सडक अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
नेपालगन्ज सहरको अतिनै व्यस्त व्यापारिक क्षेत्र मानिने सुर्खेत रोडको धम्बोझी र पुष्पलाल चोकको मुख्य सडकको दुबैतर्फको अतिक्रमणलाई डोजरले भत्काउने कार्य चलिरहेको छ ।
चार जिल्लामा भारी वर्षा हुने
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ ।
पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।
पाँचौ गुल्मी महोत्सव हुने
गुल्मी उद्योग बाणिज्य संघले आगामी वैशाख ११ गतेदेखि २३ गतेसम्म पाँचौ गुल्मी महोत्सव आयोजना गरेको छ ।
दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
लेखापढी व्यवसायीलाई तत्काल रिहाइको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र
रौतहटबाट पाँच जना लेखापढी व्यवसायीलाई प्रहरीले बिना प्रमाण नियन्त्रणमा लिएर थुनामा राखेको भन्दै लेखापढी व्यवसायीहरुले रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाइ ज्ञापन पत्र बुझाएका छन् ।
सैनिक आचरण भित्र रहन अधिकृतलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा मधेश केन्द्रित उद्यमशीलता सीप विकास कार्यक्रम सुरु
मधेश प्रदेशका उद्यमीहरूलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरधाममा औपचारिक रूपमा सुरु भएको छ ।
नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनामा सभामुखको चासो : ऊर्जामन्त्री श्रेष्ठसँग भेट
सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
आगलागी पीडित परिवारलाई नगरपालिकाको सहयोग
रौतहटको मौलापुर नगरपालिकाले आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।
सभामुख अर्याल र स्विस राजदूत डानियलबिच शिष्टाचार भेटवार्ता
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानियल मेउल्लिले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।