• २६ चैत २०८२, बिहिबार

पाँचौ गुल्मी महोत्सव हुने

blog

गुल्मी महोत्सवको बिषयमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), चैत २६ गते । गुल्मी उद्योग बाणिज्य संघले आगामी वैशाख ११ गतेदेखि २३ गतेसम्म पाँचौ गुल्मी महोत्सव आयोजना गरेको छ । 

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास–शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्टले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रर्वद्धन, कला संस्कृति र पर्यटकीय क्षेत्रहरुको प्रचार एवम् आर्थिक करोबारमा टेवा पु/ आफूहरुको उद्येश्य रहेको बताउनुभयो । 

उहाँले सवै व्यावस्थापकीय कामहरु उपसमिति मार्फत अगाडी बढेकाले सवै क्षेत्रहरुको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । महोत्सवको व्यावस्थापनको लागि ३३ उपसमिति गठन गरिएको छ । 

महोत्सवमा साढे दुई सय व्यापारिक स्टलहरु रहने गुल्मी उद्योग बाणिज्य संघका महासचिव चेत नारायण पाण्डेयले जानकारी दिनुभयो । महोत्सवमा एक लाख टिकट बिक्री हुने र करिव पाँच करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको महासचिव पाण्डेले बताउनुभयो। 

कृषि उद्यमी र घरेलु हस्तकलाका सामग्रीहरुको निशुल्क स्टलको व्यावस्थापन गरिएको छ । यो महोत्सवका जलपरी, बाल उद्यान, कृषि प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण खनालले जानकारी दिनुभयो । गुल्मी उद्योग बाणिज्य संघले बिगतदेखिनै महोत्सवको खुद मुनाफाको ४० प्रतिशत विभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ । 

अहिलेको नाफाबाट पनि पर्यटकीय क्षेत्र रेसुङ्गामा रचनात्मक काम गर्ने महोत्सव आर्थिक उपसमिति संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।