• २६ चैत २०८२, बिहिबार

प्रादेशिक जलेश्‍वर अस्पतालको अध्यक्षमा ठाकुर मनोनयन

blog

मनोनित अध्यक्ष रोहितप्रसाद ठाकुर ।

अजय शाह

गौशाला (महोत्तरी), चैत्र २६ गते । महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्‍वर सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहितप्रसाद ठाकुर मनोनयन हुनुभएको छ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णय अनुसार उनलाई उक्त पदमा मनोनयन गरिएको हो।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा १ (क) बमोजिम ठाकुरलाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। मनोनित अध्यक्ष ठाकुरले पदभार ग्रहण गरी सक्नुभएको छ।