हुम्ला समाचारदाता
हुम्ला चैत २६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मूल्य भन्दा महङ्गोमा खाने तेल बिक्री गर्न लागेको छ।
ढुवानी अनुदानमा सो तेल लिमिटेडले बिक्री गर्न थाले पनि बजार मूल्य भन्दा महङ्गोमा बिक्री गर्न लागिएको हो । बजार मूल्य भन्दा खाने तेल लिमिटेडले महङ्गोमा बिक्री गर्न लागेको व्यापारी लोकेन्द्र रावतले बताउनुभयो ।
खाने तेलमा बजारमा सूर्यमुखी तेको प्रतिलिटर २८० रुपियाँ पर्छ भने लिमिटेडले प्रतिलिटर २९१ रुपियाँ बिक्री गर्न लागेको छ ।
त्यस्तै, भटमासको तेल बजारमा २६० रुपियाँ प्रतिलिटर बिक्री भइरहेको बेला लिमिटेडले प्रतिलिटर २८५ रुपियाँमा बिक्री गर्न लागेको सूचना लिमिटेडको हुम्ला शाखाले सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो ।
यस हिसाबले सूर्यमुखी तेलमा प्रतिलिटर एघार रुपियाँ र भटमासको तेलमा प्रतिलिटर प्रतिलिटर २५ रुपियाँ बढी पर्ने देखिएको उहाँले बताउनुभयो ।
यस हिसाबले लिमिटेडको तेल बिक्री गर्न समस्या हुने उहाँले बताउनुभयो । बजार भन्दा लिमिटेडले बिक्री गर्ने तेल बढी मूल्य पर्ने बताउँदै लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापा मगरले हाल बजार मूल्य बढेको कारण तेलको मूल्य बढी भएको बताउनुभयो ।
लिमिटेडको तेल ढुवानी अनुदानमा बिक्री गर्न लागिएको भए पनि मूल्य बढी नै पर्ने उहाँले बताउनुभयो ।बजारमा पहिलेदेखि नै खाने तेलको मौज्दात भएको कारण सस्ता पर्ने गरेकोले लिमिटेडको तेल बिक्री गर्न नसकिने उहाँले बताउनुभयो ।
लिमिटेड हुम्लाको बजार मूल्य बुझेर मात्र तेल नपठाएको कारण बिक्रीको समस्या देखिएको हो । बिहीबार मात्र लिमिटेडको सुर्खेत कार्यालयबाट पाँच हजार पाँच सय लिटर सूर्यमुखी र पाँच सय लिटर भटमासको तेल शाखामा आइपुगेको छ ।