• २८ चैत २०८२, शनिबार

उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी

blog

श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर

काठमाडौँ, चैत २६ गते । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ । 

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उहाँको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिनुभएको छ।