• २६ चैत २०८२, बिहिबार

भवन जीर्ण बन्दै गएपछि विद्यालयमा पक्की भवन बनाउन सुरु

blog

निर्माण हुँदै गरेको विद्यालय भवन । तस्बिर: बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, माघ २६ गते । सुनसरीको वराहक्षेत्र १० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ।

विद्यालयमा रहेका भवन जीर्ण बन्दै गएपछि चार कोठे पक्की भवन बनाउन सुरु गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट भवन बनाउन सुरु गरिएको छ ।

पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिकाले लगाएर भवन बनाउन थालिएको विद्यालयका प्रधानध्यापक घनश्याम माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार कोठे भवन बनाउन ४० लाख ९७ हजार ८८६ रुपैयाँ ६५ पैसामा ठेक्का परेर श्री आवेश एण्ड आर्यन बिल्डर्स इनरुवा सुनसरीले काम सुरु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल उरावका अनुसार भगवती मावि आधारभुत तहबाट मावि तह सञ्चालन गर्ने गत वर्ष स्वीकृति लिएसँगै भवन अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको छ ।

निर्माणाधीन भवन आगामी असार मसान्तसम्म सम्पन्न हुने गरी ठेक्का लागेको वराहक्षेत्र १० का वडा अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो “विद्यालय परिसरमा बन्ने भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने छ ।  भवन पनि जीर्ण बन्दै जादा भवनकै अभावमा विद्यार्थीलाई पठन पाठनमा कठिनाइ हुँदै आएको थियो ।”

उहाँले भन्नुभयो “विद्यालय परिसरमा बन्ने भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने छ । भवन पनि जीर्ण बन्दै जादा भवनकै अभावमा विद्यार्थीलाई पठन पाठनमा कठिनाइ हुँदै आएको थियो ।”

 भवन निर्माण हुने भएसँगै विद्यार्थीको पठनपाठनमा थप सहज हुने प्रधानध्यापक घनश्याम माझीले बताउनुभयो । विद्यालयमा बाल कक्षादेखि नौ कक्षा सम्म २२५ जना विद्यार्थी अध्ययनरत  छन् ।