• २६ चैत २०८२, बिहिबार

जंगली च्याउ खाँदा चार जना बिरामी

blog

फाइल तस्बिर

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), चैत २६ गते । इलामको माईजोगमाई गाउँपालिका –६ प्याङमा जंगली च्याउ खाँदा चार जना बिरामी पर्नुभएको छ । जंगलमा रहेको च्याउ ल्याएर पकाएर बुधबार खाँदा स्थानीय चार जना सिकिस्त बिरामी भएपछि झापाको कन्काई अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मौसम उदासका अनुसार जंगली च्याउ खाँदा बिरामी पर्नेमा माइजोगमाई गाउँपालिका –६ प्याङका ७० बर्षीय वाङगल शेर्पा, ५१ बर्षीय नाङडोमा शेर्पा, २७ बर्षीय पासाङलामु शेर्पा र ६ बर्षीय पेम्बा शेर्पा रहनु भएको छ । उपचाररत चार जनाकै स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।