भवन जीर्ण बन्दै गएपछि विद्यालयमा पक्की भवन बनाउन सुरु
सुनसरीको वराहक्षेत्र-१० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ।
दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा
दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको रूपमा यस हप्ता संयुक्त राज्य अमेरिकासँग सयुक्त हवाई अभ्यास सुरु गर्ने घोषणा गरेको छ ।
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ । नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
सम्झौताअघि सेना कायमः ट्रम्प
अमेरिका-इरानबिच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पार्नुभएको छ ।
पाथीभरामा पुनः हिमपात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ ।
मध्यपूर्व युद्धः तनाव, वार्ता अनिश्चितता
अमेरिका–इरानबिच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबिच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहल एक साथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको छ ।
पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटी अन्त्य गरिँदै
तनहुँ क्षेत्र नम्बर २ मा विकास योजना छनोटका लागि नयाँ प्रयोग सुरु गरिएको छ ।
‘लाइसेन्स’ छपाइ तीव्र गतिमा
चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्रगतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ ।
सल्यानबाट सात सय ६७ आयोजना सिफारिस
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ का लागि सल्यानबाट ७६७ वटा आयोजना सिफारिस गरिएको छ । जिल्लास्थित विभिन्न कार्यालयबाट प्राप्त एक हजार ७०८ योजना प्रस्तावमध्ये प्राथमिकताका आधारमा छनोट गरी आयोजना प्रदेश सरकारसमक्ष पठाइएको हो ।
इनरुवामा विद्युतीय सुरक्षा दिवसमा र्याली
सुनसरीको इनरुवामा विद्युतीय सुरक्षा दिवसको अवसरमा बिहीबार बिहान सचेतना र्याली निकालिएको छ ।
असनमा हरेक शनिबार सवारी निषेध गरिने
काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।
चैतको बाढीले बाटो बगाउँदा यातायात ठप्प
सर्लाहीको ‘कर्णाली’ भनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा बाढी आएर खोलाको बाटो बगाएपछि यातायात ठप्प भएको छ ।
विराटनगरमा विद्युतीय सुरक्षा सचेतना र्याली
सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ ।
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ ।
कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति
सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
बाँकेमा डिप बोरिङबाट १२ सय ७१ हेक्टरमा सिँचाइ सुविधा
बाँके जिल्लामा सिँचाइका लागि जडान गरिएका डिप बोरिङमध्ये हाल ४१ वटा सञ्चालनमा रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले जनाएको छ।
आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ।
सीतापुर युनाइटेड योगिनी गोल्ड कप फुटबलको सेमिफाइनलमा
बाँकेको खजुरामा सञ्चालन भइरहेको दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सीतापुर युनाइटेडको टीम पुगेको छ ।
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरूले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ ।
आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुनेछ ।
रूपन्देहीका ५९ परीक्षा केन्द्रमै एसईई उत्तरपुस्तिका परीक्षण
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणालीमा व्यापक सुधार ल्याएपछि यसको प्रभावकारिता पनि बढ्दै गएको पाइएको छ।
अध्यक्ष ओली र नेता लेखक रिहा
प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।
कालिमाटी काठ विवाद टुङ्गियो
सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्ततः समाधान भएको छ।
सर्वाधिक पुरस्कार राशिको ‘१०औँ सूर्यनगर गोल्डकप’ सुरु हुँदै
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नव युवा क्लब, बर्दघाट–१६ ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारदेखि सुरु हुने जानकारी दिएको हो।