• २६ चैत २०८२, बिहिबार

इनरुवामा विद्युतीय सुरक्षा दिवसमा र्‍याली

blog

सुनसरीको इनरुवामा विद्युतीय सुरक्षा दिवसको अवसरमा बिहीबार निकालिएको सचेतना र्‍यालीका सहभागी ।तस्बिर: जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा,चैत २६ गते ।सुनसरीको इनरुवामा विद्युतीय सुरक्षा दिवसको अवसरमा बिहीबार  बिहान सचेतना र्‍याली निकालिएको छ ।

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रको आयोजनामा सचेतनामूलक सन्देश सहितको र्‍याली निकालिएको हो । इनरुवा वितरण केन्द्रबाट शुरु भएको र्‍याली इनरुवाको बसचौक, प्रहरी कार्यालय र गोल चोक सहित नगर परिक्रमा गरी पुनः कार्यालयमै समापन भएको थियो । 

विद्युतीय खतराबाट बचौँ र बचाऔँ मूल नारा सहित र्‍याली निकालिएको हो । विद्युतीय सुरक्षा आफ्नै हातमा, भिजेको हातले विद्युतीय उपकरण नचलाऔँ ,दक्ष प्राविधिकबाट घरको वायरिङ गराऔँ, विद्युतीय दुर्घटना संयोग होइन सुरक्षाप्रतिको बेवास्ता हो, अनधिकृत विद्युत प्रयोग गर्नु अपराध हो जस्ता सन्देश लेखिएका प्लेकार्ड सहित र्‍याली निकालिएको थियो ।

र्‍यालीसँगै कार्यालयमा आउने ग्राहकलाई सचेतना जगाउने कार्यक्रम समेत गरेको वितरण केन्द्रले जनाएको छ ।