एमाले महाधिवेशन : महोत्तरीमा विवादित बन्दै प्रतिनिधि छनोट प्रक्रिया
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो ।
एक सातादेखि क्याम्पस बन्द
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान विद्यार्थीको तालाबन्दीका कारण एक सातादेखि पूर्ण रूपमा ठप्प बनेको छ । छात्र छात्रा दुवैका लागि छात्रावास खोल्नुपर्ने माग गर्दै बिएसएजी छैठौँ र सातौँ सेमेस्टरका ६९ विद्यार्थीले मङ्सिर ७ गतेदेखि क्याम्पस कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएको आठ दिन हुँदा पनि क्याम्पस सञ्चालनमा आउन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बबई नदी संरक्षणको काम अलपत्र
बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
इनरुवा-कप्तानगन्ज सडक निर्माणको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगन्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
अग्निपीडितको पीडा : ऋण लाग्यो तर घर बनेन
गुल्मीको इस्मा गाउँपालिका अन्तर्गतको कोटकोटेरीका सुन्दरलाल विकको पसलसहित घर जलेको दुई वर्ष पुग्यो । घर पसलसहित भएका विकले आगलागीले गर्दा दाल, चामल मागेर खानुपर्ने मात्र बनाएन कि घरबारविहीन भएको अवस्थामा छिमेकीको ओत खोज्नेसम्म बनायो । सरकारले घर बनाउने भने पनि विकसहितका अग्निपीडितले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडि बढाए तर आधा घर बन्दासम्म गाउँपालिकाबाहेक सङ्घीय र प्रदेश सकरारले ले किस्ता पनि पठाएनन् ।
पुल हस्तान्तरण नहुँदा व्यवस्थापनमा कठिनाइ
देशकै नमुना तीनमुखे पुल निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । विसं २०७१ मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीनमुखे पुलको निर्माण कार्य तीन वर्षपहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारिक रूपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।
मतदान गर्न नागरिक आतुर देखिएका छन्
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । २०६४ र २०७० सालको संविधान सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव बटुलेका पूर्वप्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ अहिले निर्वाचनको तयारी सन्तोषजनक रहेको बताउनुहुन्छ । निर्वाचन सफल
अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीय भवन बन्ने
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीयय भवन निर्माण यसै वर्षबाट सुरु हुने भएको छ ।
नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित
समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
उखु किसानको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित
उखु उत्पादक किसानहरूले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन् ।
गुल्मीबाट ८० जनाले लिए गैरआवासीय नागरिकता
गुल्मी जिल्लाबाट ८० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८० जनाले गैरआवसीय नागरिकता लिएका छन् ।
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो ।
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।
मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो
हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको पाइएको छ ।
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु
जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आलु खेती गर्दै तारा माविका विद्यार्थी : व्यवहारिक सिकाइको उत्कृष्ट नमुना
गोरखा नगरपालिका – १० स्थित छेपेटारमा रहेको सामुदायिक विद्यालय तारामाविका कक्षा ९ र १० का विद्यार्थीहरुले कृषि शिक्षालाई कक्षा कोठाबाट खेत सम्म पु–याउदै विद्यालय परिसरमा आलु खेती सुरु गरेका छन् ।
विश्व बक्सिङ्ग काउन्सिल सम्मेलनमा नेपालको पहिलोपटक उपस्थिति
नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिलको वार्षिक सम्मेलनमा औपचारिक प्रतिनिधित्व गरेको छ ।
शिक्षक अभावको पीडा
अन्धकारबाट उज्यालोतिर लैजाने सबैभन्दा सशक्त माध्यम नै शिक्षा हो । शिक्षा देश र समाजको भविष्य हो । हरेक बालबालिकाका निम्ति शिक्षा जीवनको तयारी हो । विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
अर्थ सामाजिक विकासको शल्यक्रिया
विकास र अर्थतन्त्रबारे अहिले दुई वटा प्रश्न उठेका छन् । पहिलो, अर्थतन्त्रको आन्तरिक सामथ्र्यसमेत सुदृढ हुने गरी विश्वका विभिन्न देशले लागु गरेका असल नीतिलाई नेपाल अनुकूल बनाई कसरी लागु गर्ने ?