प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज २० गते । रौतहटको फतुवा विजयपुर नगरपालिका –९ लक्ष्मीनिया टोलमा आइतवार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा बिजयपुर –९ लक्ष्मिनिया टोलस्थित लालबकैया खोलाको ठोकरमा खोलाले बगाई ल्याएको अबस्थामा अन्दाजी ३५ बर्षीय महिलाको शव फेला परेको हो ।
टाउको नभएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । शव सडिसकेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
टाउको नभएकाले घटना शङ्कास्पद हुनसक्ने भन्दै घटानाको गम्भीर रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।