एक लाखभन्दा बढीलाई रोजगारी
कर्णाली प्रदेशमा आधाभन्दा बढी मात्रामा दर्ता नभएका उद्योग प्रतिष्ठान रहेको पाइएको छ । कर्णालीका १० जिल्लामा कुल ४२ हजार ८०७ वटा उद्योग प्रतिष्ठान रहेकामध्ये ५१ प्रतिशत अर्थात् २१ हजार ९२१ वटा दर्ता नभएको पाइएको हो । २० हजार ८८४ अर्थात् ४८.८ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका छन् । २०७५ सालको पहिलो राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्कमा कर्णालीमा सबैभन्दा कम उद्योग प्रतिष्ठान रहेको र त्यसमा आधभन्दा बढी त दर्ता नभएको पाइएकाले आगामी वैशाख २ गतेदेखि सुरु हुने दोस्रो राष्ट्रिय आर्थिक गणनामा वृद्धि हुने अपेक्षा गरिएको छ । जिल्ला आर्थिक गणना अधिकारी विनोद आचार्यले पहिलो राष्ट्रिय आर्थिक गणनाको तुलनामा दोस्रो आर्थिक गणनामा कर्णालीको हरेक सूचक वृद्धि हुने जिकिर गर्नुभयो ।
मुस्ताङमा एचपिभी खोपप्रति किशोरीको चासो बढ्दो
मुस्ताङमा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमबाट जोगाउनका लागि विद्यालय केन्द्रित एचपिभी खोप अभियानमा किशोरीको चासो देखिएको छ ।
आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन
कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालयको चौथो सभा बैठक (सिनेट) ले आगामी शैक्षिक सत्रबाट मेडिकल पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विश्वविद्यालयमा चार विधामा अध्ययन हुने जनाइएको छ ।
गुल्मीमा पुग्यो पाठ्यपुस्तक
आगामी शैक्षिक सत्र २०८३ का लागि गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। यस जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको बताइएको छ।
पुर्जा रोकिँदा विकास ठप्प, आवास कम्पनी खारेजीको माग
कोशी प्रदेशको प्रवेशद्वार मेचीनगर–१० काँकडभिट्टा क्षेत्रको विकासमा सरकारी स्वामित्वकै ‘राष्ट्रिय आवास कम्पनी’ (साविकको बस्ती विकास कम्पनी) मुख्य बाधक देखिएको छ ।
कैलालीमा स्कुटर दुर्घटनामा चालकको मृत्यु
कैलालीको जिल्लाको गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
डम्पिङ साइट अभावमा फलेवास दुर्गन्धित
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने फलेवास क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार विस्तारसँगै फोहोर उत्पादन बढ्दै जाँदा वातावरण प्रदूषण तीव्र बनेको हो । सदरमुकाम कुस्मा बजारसँगै जोडिएको फलेवास नगरपालिकाका विभिन्न स्थानमा यत्रतत्र फोहोर थुप्रिन थालेपछि स्थानीय बासिन्दा मारमा परेका छन् । सडक किनार, खोल्सा तथा खाली जग्गामा जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिनुका साथै पानी र हावासमेत प्रदूषित हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय व्यवसायीका अनुसार बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोर समयमै सङ्कलन तथा व्यवस्थापन नहुँदा व्यापार व्यवसाय प्रभावित हुन थालेको छ ।
बाँकेका किशोरीमा रक्तअल्पता र तौल असन्तुलन देखियो
चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता तथा तौलसम्बन्धी स्वास्थ्य स्क्रिनिङ गरेको छ।
मोबाइलको लत छुटाउन सुधार केन्द्रमा
के तपाईंको छोराछोरीले घरमा कसैको कुरा नसुन्ने, नगर भनेको काम गरिहाल्ने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, मोबाइल धेरै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गरेको देख्नुभएको छ ? छ भने आजैदेखि ख्याल गर्नुहोस्, यो मोबाइलको लत हुन सक्छ र त्यो लत छुटाउन सुधार केन्द्रमा पठाउनुपर्ने पनि हुन सक्छ ।
सुस्तामा नदी नियन्त्रणको काम तीव्र
नवलपरासीको सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले कटान गरेको पाँच सय मिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोड रुपियाँ लागतमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाब सिधै सुस्ताको बस्तीतर्फ सोझिएकाले वर्षायाममा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बाढी नियन्त्रणको उपाय सुरु गरिएको छ ।
रापिड तथा ब्लिट्ज राष्ट्रिय बुद्धिचाल वैशाखमा
रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाखमा हुने भएको छ । काठमाडौँ क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा वैशाख १६ देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘किसानलाई उत्पादनमा जोड्न प्रदेश सरकार प्रतिबद्ध’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबिचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । सिँचाइ दिवसका अवसरमा प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोला सुक्दै जानु र जमिन सुक्खा बन्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो ।
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।
चौथो जेसीज कपः क्वाटरफाइनलका खेल हुँदै
बागलुङको बाङ्गेचौर खेलमैदानमा जारी चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलका बाँकी तीन खेल हुँदैछन् ।
अजिमारामा टुकीलाई बिदा बाह्रमौजामा परैबाट उज्यालो
सुगम मानिने दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रै पनि अझै आधारभूत सेवाबाट वञ्चित बस्ती छन् । तीमध्ये वडा नं. १ को अजिमारा–अभिधारा टोलमा हालै मात्र विद्युत् पुगेपछि स्थानीयमा उत्साह छ तर नजिकैका केही बस्ती भने अझै अन्धकारमै छन् । अजिमाराका ७० वर्षीय टोपबहादुर न्यौपानेले जीवनभर मटितेलको टुकीको भरमा उज्यालो जोहो गर्नुभयो । विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत डेढ घण्टा हिँडेर ठाँटीगाउँ पुग्नुपर्ने बाध्यता थियो । १५ दिनअघि गाउँमा बत्ती बल्न थालेपछि उहाँको दैनिक जीवन नै सहज बनेको छ । “अब टुकी बिदा भयो, घरमै उज्यालो छ,” उहाँले खुसी व्यक्त गर्नुभयो ।
डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।
सामाजिक विकृति हटाउने योजना
प्रतिनिधि सभा सदस्य निनुकुमारी कर्णले समाजमा देखिने विकृतिलाई हटाउन प्रयास गर्ने बताउनुभएको छ । मधेशमा अहिले युवामा लागुऔषधको प्रयोग विकृतिको रूप लिइसकेकाले यस समस्यालाई रोक्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभयो ।
निर्माण थालेको १२ वर्षपछि सभा हल पुनर्निर्माण सुरु
एक दशकभन्दा अघि निर्माण सुरु भएको सभा हल अब सम्पन्न हुने आशा पलाएको छ। वि.सं. २०७० सालमा उपयोग तथा आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हल यसपालि बजेट विनियोजन भई ठेक्कामा गएपछि पुनः काम सुरु हुन लागेको हो। यससँगै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।
‘पिछडिएका समुदायको उत्थानमा जोड दिन्छु’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुनुभएका प्रेमलाल चौधरीले पछाडि पारिएका समुदायको सांस्कृतिक, भाषिक र जातीय उत्थानमा आफूले जोड दिने बताउनुभएको छ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१२ मा स्थायी बसोवास गर्नुहुने चौधरीको जन्म २०२६ साल असोज १० गते हालको सुन्दहरैँचा–११ मा भएको हो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वित्तशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले प्रारम्भिक शिक्षा तत्कालीन इन्द्रपुर गाविसस्थित महेन्द्र प्राविबाट सुरु गरी सुकुना माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको हो ।
हत्या मुद्दाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ
२९ वर्ष पहिला हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेम बहादुर केसी (हेम बहादुर जोगी) लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भारथान लुवाडाँडाबाट पक्राउ गरेको हो ।
दलित समुदायसँगको क्षमायाचनालाई संस्थागत सुधारसँग जोड्नुपर्छः इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारले दलित समुदायसँग गरेको क्षमायाचनालाई प्रतीकात्मक कार्यमा सीमित नराखी त्यसलाई नीतिगत, कानुनी तथा संस्थागत सुधारसँग जोड्नुपर्नेमा जोड दिएको छ ।
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ रु यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ ।
चौबिस किलोमिटर सडक कालोपत्रे
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको चैत अन्तिमसम्म प्रदेशभर २४.८७ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । सो अवधिमा १९.० दुई किलोमिटर सडक ढलान तथा १८.२१ किलोमिटर सडकमा ग्राभेल कार्य सम्पन्न गरिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साथै १२ वटा नयाँ सडक पुल निर्माण सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध तथा मासु उपादकत्व वृद्धि गर्ने योजना अघि बढाउने भएको छ । आयोजनालाई अघि बढाउन लुम्बिनी प्रदेश सरकारले भैँसी वंश सुधारका क्षेत्रमा कार्यरत विज्ञहरूसँग छलफलसमेत गरिसकेको छ ।