महिला नेतृत्व स्थापित गर्ने अवसर
महिला नेतृत्व बिरलै मिल्ने अवसर हो । कैयौँ अफ्रिकी मुलुक जस्तो मोजाम्बिक, युगान्डादेखि युरोपेली मुलुक डेनमार्क, इटालीसम्म महिला प्रधानमन्त्री रहेका छन् । छिमेकी मुलुक भारतका राष्ट्रपति द्रौपदी मुर्मू वा बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना, खालिदा जिया महिला नेतृत्वका उदाहरण हुन् । नेपालमै पनि केही समयअघि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो ।
एनपिएलः आज दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् ।
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
विश्वका विभिन्न मुलुकमा मङ्गलबार अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
कालिका मन्दिर जीर्णोद्धार गर्न ६६ लाख सङ्कलन
लमजुङको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थल गाउँसहर कालिका मन्दिरको प्रचारप्रसार तथा सत्तल निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा ६६ लाख २६ हजार ७६० रुपियाँ ७५ पैसा दान सङ्कलन भएको छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमा सङ्कलित रकमबाट यहाँ सत्तलसहितका भौतिक संरचना निर्माण गरिने आयोजकले जनाएको छ ।
‘सिलाम साक्मा’ को प्रतिमा अनावरण
लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब सतसट्ठी करोडको क्षति
यस वर्षका दुई महिनामा आएको वर्षा, बाढीपहिरो र डुबानका कारण छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । गत असोजको दोस्रो साता र कात्तिकको पनि दोस्रो साताकै बाढीपहिरोले कृषि तथा पशुपन्छी क्षेत्रमा त्यस्तो क्षति पुगेको हो ।
एमाले मुस्ताङबाट महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ ।
गभर्नरले सिइओसँग छलफल गर्ने
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले वाणिज्य बैङ्कहरूको कार्यशैली राष्ट्रिय आवश्यकता, मौद्रिक नीति तथा बैङ्कका सेवाका उत्पादनसँग समन्वित नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
मौद्रिक नीतिको लचिलो कार्यदिशा निरन्तर
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत पनि निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै थप खुकुलो प्रावधान ल्याइएको पनि जनाएको छ ।
आर्थिक पत्रकार सम्मानित
सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमिल्सेनालाई प्रदान गरिएको छ ।
फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
सार्वजनिक सम्पत्ति रक्षा पहिलो सर्त
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक सम्पत्तिको रक्षामा सबै पक्ष चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्र वा सरकार जोकोहीले सिर्जना गरेको सम्पत्तिको रक्षा पहिलो सर्त रहेको बताउनुभयो ।
भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
गुल्मीको छत्रकोटले बाँझो जग्गा उपयोग गर्दै
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो ।
पुनर्निर्माण कोषमा डेढ करोड थपियो
नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ ।
बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छ उद्योगले तिरे थप किस्ता
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् ।
जेनजी आन्दोलनमा सुरक्षा त्रुटि , डिएसपी कुँवरलाई कारबाही सिफारिस
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने तथा वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
निर्वाचन तयारीबारे जानकारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । विभिन्न पक्षबाट निर्वाचनको विषयमा संशय भइरहँदा आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सम्पन्न गरेलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट सन्देश दिएको हो ।
नेपाल विचरणमा प्रेमिल चरा
भूगोलसँगै सुन्दर प्रकृतिमा रमाउन विदेशी मानिस मात्र होइन, सुन्दर चरा पनि बर्सेनि नेपाल आउने गर्छन् । हिउँदमा हिमालदेखि तराईसम्मको फरक भूगोल र मौसमको रसास्वादन गर्न कैयौँ हजार किलोमिटरको दुरी तय गर्दै चरा नेपाल आएर विचरण गरिरहेका छन् ।