अजय शाह
गौशाला (महोत्तरी), चैत २६ गते । महोत्तरीमा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार गौशाला नगरपालिका–११ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मरहा खोलाको पुलभन्दा करिब ४०–५० मिटर दक्षिणतर्फ सडकछेउको झाडीमा बुधबार दिउँसो एक अपरिचित युवकको शव फेला परेको हो ।
फेला परेको उक्त शव अन्दाजी १७–१८ वर्ष उमेरका पुरुषको रहेको छ। मृतक तराई मूलको जस्तो देखिने प्रारम्भिक अनुमान गरिएको छ ।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक वश्वम्भर नाथ साहले जानकारी दिनुभयो। शवको सनाखत हुन नसकेकाले पहिचान गर्न सक्ने जो–कोही व्यक्तिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ। यसका लागि ९८५४०३२४५५, ९८५४०३००९९ तथा आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।