• २६ चैत २०८२, बिहिबार

कैलालीमा स्कुटर दुर्घटनामा चालकको मृत्यु

blog

नीराजन परियार
चौमाला (कैलाली),चैत २६ गते ।
कैलालीको  जिल्लाको गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार राति सु.प.प्र.०१०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–७ निवासी ४५ वर्षीय ओम प्रकाश मल्ल गम्भीर घाइते हुनुभएको थियो ।

घाइते मल्ललाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।