शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भैरहवा (रूपन्देही), चैत २६ गते । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।
घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउना साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको चन्दले जानकारी दिनुभयो । रासस