• २१ असोज २०८२, मङ्गलबार

सप्तरीमा नेपाली सेनाद्वारा २० जनाको उद्धार

blog

उद्धार गर्दै नेपाली सेना । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज २० गते । लगातारको अविरल वर्षापछि आएको बाढीका कारण सप्तकोशी नगरपालिकामा डुवानमा परेका बीस जनालाई नेपाली सेनाले उद्वार गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित बोचही पोखरीया क्षेत्रका  ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाले सकुशल उद्वार गरेको हो ।

श्री बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले त्यहाँ फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित करिब २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिनुभयो ।

नेपाली सेनाको सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् । 

वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धारटोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले बताउनुभयो ।