• ३१ असोज २०८२, शुक्रबार

२०८२ साल कात्तिक महिनाको राशिफल

blog

मेष :

आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । आँटेका काममा सामान्य बाधाअड्चन देखापर्ने छन् । अनावश्यक खर्चको मात्रा बढेर जाला । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाला । महिनाको पूर्वार्धमा हर्ष, आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा व्यर्थको विवादमा पार्ने देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्ने छ । रमाइलो पारिवारिक वातावरणको अनुभूति होला । धार्मिक एवं सामाजिक काममा मन लाग्ने छ ।

वृष :

सफलताको महिना रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्ने छ । भाग्यले राम्रै साथ दिनाले आँटेका काम सफल हुने छन् । मनोरञ्जन एवं हर्ष आनन्दका अवसर प्राप्त होलान् । आर्थिक पक्ष बलियो हुने छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाला । आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ ।

मिथुन :

आकस्मिक यात्राको योग रहेको छ । मानसिक अस्थिरता केही बढेर जाने छन् । आर्थिक पक्षका काम सन्तोषजनक रहने छन्  । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । पठनपाठनमा राम्रो सफलता प्राप्त होला । महिनाको पूर्वार्धमा प्रियजन भेट, पारिवारिक सुख एवं मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तरार्धमा सामान्य विवादमा पार्न सक्ने योग रहेकाले बोलीवचनमा विचार  पु¥याउनु पर्ला ।

कर्कट :

पठनपाठनमा अनावश्यक बाधाअड्चन देखिने छन् । मानसिक अस्थिरता बढेर जाला । यात्रा एवं स्थान परिवर्तनको योग रहेको छ । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विचार पु¥याउनु पर्ला । नजिकको मान्छेबाट विश्वासघात हुन सक्ने देखिएकाले साथीसङ्गतमा विचार पु¥याउनु पर्ला । प्रतिस्पर्धामा सफलता मिल्ने छ । घरायसी खर्चको मात्रा केही बढेर जाने छ । आर्थिक दृष्टिकोणले महिना मध्यम रहेको छ । महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जानुका साथै  धार्मिक तथा सामाजिक काममा समेत सहभागी हुनु पर्ला ।

सिंह :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । मनले सोचेका योजना सम्पन्न हुने छन् । प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्ने छ । कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना रहेको छ । विवाद एवं प्रतिस्पर्धामा सफलता प्राप्त होला  । रमाइलो ठाउँको यात्रा एवं भ्रमणको अवसर मिल्ने छ । धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ ।

कन्या :

लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । महिनाको पूर्वार्धमा व्यर्थको विवाद, अनावश्यक खर्चका साथै आँटेको काममा  बाधाअड्चन देखापर्ने छन् भने उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन्  ।

तुला :

सामान्य अस्वस्थताको सम्भावना रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ  । आँटेको काममा अनायासै नसोचेका बाधाअड्चन देखापर्ने छन् । अनावश्यक खर्चको मात्रा बढेर जाने छ । आकस्मिक यात्राको सम्भावना रहेको छ । व्यर्थको दौडधुप केही बढी नै  गर्नु पर्ला । परोक्षमा रिस गर्नेहरू देखिने छन् । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्ने छ । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।

वृश्चिक :

मध्यम फलदायी महिना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा ख्याल पु¥याउनु पर्ला । आर्थिक पक्ष बलियो भएर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । नयाँ ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा आर्थिक अभावको स्थिति देखा पर्नेछ ।

धनु :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । आर्थिक कारोबारमा सफलता मिल्ने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना देखिन्छ । रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

मकर :

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताका साथै पारिवारिक चिन्ताले पिरोल्ने देखिन्छ भने उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

कुम्भ :

आकस्मिक यात्राको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने ग्रहयोग रहेको छ । घरायसी खर्चको मात्रा बढेर जाला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने देखिन्छ । पठनपाठनमा मध्यम सफलताको योग रहेको छ  । महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जानुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

मीन :

व्यर्थको परिश्रम पर्न जाने छ । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विचार पु¥याउनु पर्ला । धार्मिक एवं सामाजिक क्षेत्रमा  अभिरुचि लाग्ने छ । आर्थिक क्षेत्रका काममा मध्यम सफलता मिल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । दाम्पत्य सम्बन्ध राम्रो रहला  । आत्मीयजनको भेटघाटले मन रमाउने छ । महिनाको उत्तरार्धमा विवादमा विजय, काममा सफलता एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

–युवामञ्च

Author

ज्यो. हरिप्रसाद पौडेल