सुधा देव
भारदह(सप्तरी), असोज ३० गते । सप्तरीको तिरहुँत गाउँपालिका ३ गोइठी स्थित रहेको श्री भवानी राधा आधाभूत विद्यालयलाई नेपाल युथ पाउन्डेसन नेपालले नवनिर्मित सुविधा सम्पन्न ४ कोठे भवन, एक कोठे भान्सा, छात्र छात्राका लगि छुट्टाछुट्टै दुई कोठे चर्पी बुधबार एक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।
दलितमा पनि पछाडि परेको सदा (मुसहर) समुदायको विद्यार्थीको बाहुल्यता भएको यश विद्यालयमा कुनैपनि बाहानामा विद्यार्थीहरू शिक्षाबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले भवनसँगै कक्षामा चाहिने डेक्स, बेन्च, कुर्सी, पंखा लगायत सामाग्री उपलब्ध गराएको कार्यक्रम संयोजक ललित गहतराजले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, भौतिक पूर्वाधारको अभावमा यश विद्यालयको बिद्यार्थीलाई पठनपाठनमा भइरहेको बेला करिब ९५ लाखको लागतमा सेवासुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गरेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृल ललन प्रसाद यादव, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयको रोहवरमा बिद्यालयका प्रधानाध्यापकलाई भवन हस्तान्तरण गरेका हौं ।
भवनसँगै कक्षामा आवश्यक बेन्च, डेक्स, टेवल, कुर्सी तथा भान्सामा प्रयोग हुनेलगायत सामग्री पाँच लाख बराबरको हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । यसअघि उक्त पालिकाको वडा नं ३ पिपराहीको राप्रावि विद्यालयमा दुई कोठे भवन,राप्रावि त्रिकोल १ मा दुई कोठे चर्पी तथा भान्छा, वडा १, २ ३ मा र ५ नं वडा गरी ५ वटा सामुदायिक सिकाई केन्द्र हस्तान्तरण गरिसको उहाँले बताउनुभयो ।
विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई विद्यालयको पहुँचमा पुर्याएर विद्यार्थीलाई टिकाई राख्ने उद्देश्यले बिद्यालयमा अपुग रहेको भौतिक पूर्वाधारसँगै महिला साक्षरता, विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई साक्षरता कक्षा सञ्चालन गरेर पुनः विद्यालय पठाउन, विद्यालयका विद्यार्थीहरूलाई ट्युसन कक्षाको व्यवस्थापन, ६ महिनादेखि साँढे तीन वर्षसम्मका बाालबाालिकाहरूलाई पोषण सरसफाई र मनोरञ्जनको कार्यक्रम निरन्तर सञ्चालन गर्दै आमाहरूलाई समूहमा आवद्ध गराइ बचत गर्ने बानी बसाउने कामलाई निरन्तरता दिँदै आएको कार्यक्रम अधिकृत श्रीलाल सरदारले जानकारी दिनुभयो ।
अनुगमन तथा भवन हस्तान्तरण कार्यक्रममा तिरहुत गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकत यादवले युथ फाउन्डेसन नेपालले कास्ट इक्वीटी प्रोजेक्टअन्तर्गत जातीय समानताअन्तर्गत दलितमा पनि पछाडि परेको समुदायको जीवन स्तर उकास्न र शिक्षामा पहुँचका लागि विगत अढाई वर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको यो कार्यक्रम उपलब्धिमूलक रहेको बताउनुभयो ।
आधारभूत विद्यालयका प्रधानाध्यापक अमोदकुमार यादवले कक्षा कोठाको अभावमा विद्यार्थीलाई पठनपाठन गर्न समस्या रहको बेला नयाँ भवन बनाएर हस्तानतरण गरेपछि विद्यार्थीलाई पठन पाठन गर्न सहज हुने बताउनुभयो ।