सरकारले निःशुल्क वाइफाई इन्टरनेट सेवा विस्तारलाई जोड दिएको छ । मुलुकका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न सरकार प्रतिबद्ध छ । सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाई अभियानकै रूपमा अगाडि बढाइँदै छ । सङ्घीय राजधानी काठमाडौँका केही महत्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ । नयाँ बसपार्क, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, पशुपति परिसरको आर्यघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो सेवा विस्तार गरिएको छ । काठमाडौँका संवेदनशील र महत्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँबाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा काम गरिँदै छ । काठमाडौँका १९ वटा सार्वजनिक स्थलमा निःशुल्क वाइफाई सेवा पु¥याइएको छ । अब आगामी दिनमा दुर्गम क्षेत्रका महत्वपूर्ण सार्वजनिक स्थलमा पनि निःशुल्क वाइफाईलाई अभियानकै रूपमा विस्तार गरिने भएको छ । यो अभियान मुलुकको इन्टरनेट पहुँचको हिसाबले दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, बैतडीलगायत जिल्लाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाई पु¥याउने लक्ष्य अनुरूप काम अगाडि बढाइएको छ । यसका साथै देशका अन्य महìवपूर्ण सहर जहाँ जहाँ निःशुल्क वाइफाई आवश्यक पर्छ, त्यहाँ क्रमशः विस्तार गर्दै जाने पनि सरकारको योजना छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाई सेवा उपलब्ध गराइएको छ । वाइफाई इन्टरनेट सेवा विस्तारका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । प्राधिकरणको अग्रसरतामा नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, वल्र्डलिङ्क, भायनेटलगायतसँग समन्वय र सहकार्य साथै समुदायको समेत साझेदारीमा यसलाई अगाडि बढाइँदै छ ।
प्राधिकरणका अनुसार वीर अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा यसअघि जडान गरिएको १० एमबिपिएस ब्यान्डविथलाई बढाएर १५० पु¥याइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ । त्यसै गरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाई विस्तार गर्ने योजना छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष सक्रयतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाईको पहुँच विस्तार गरेको हो । उपभोक्ताको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिने छ । मन्त्रालयका अनुसार यसअघि नै वाइफाई सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । साथै काठमाडौँको ठुलोभ¥याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा छ । निःशुल्क वाइफाईको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता गरेको छ । नेपाल टेलिकम, वल्र्डलिङ्क र भयानेट कम्पनीले निःशुल्क वाइफाई इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाई सेवा उपलब्ध गराइएको छ । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पु¥याउने निर्णय गर्नुभएको थियो । सोही अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाई इन्टरनेटको पहुँच पु¥याउने काम अघि बढेको हो । नेपालमा हाल ५८ वटा ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक छन् । अधिकांश इन्टरनेट सेवा प्रदायकले फाइबर टु दी होम (एफटिटिएच) प्रविधि प्रयोग गर्छन् । केहीले आफ्ना पुराना केबल/डिएसएल/ताररहित सञ्जाललाई फाइबरमा स्तरोन्नति गरेका छन् । इन्टरनेट कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको विश्वव्यापी सञ्जाल वा कम्प्युटरको विशाल समूह हो । सन् २००० को दशकयता सूचना प्रविधिको क्षेत्रमा यो सेवा तीव्र गतिमा विकसित भयो । हाल सूचना, सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा अभिन्न अङ्गका रूपमा यसको प्रयोग भएको छ । यस सेवालाई कतिपय देशमा मानव अधिकाकारकै रूपमा लिन थालेका छन् । यो सेवा सशुल्क र कतिपय स्थानमा निःशुल्क उपलब्ध छ । सशुल्क सेवालाई सस्तो बनाउँदै निःशुल्क बनाउन सकेमा यसबाट आमउपभोक्ता लाभान्वित हुन सक्ने छन् ।