• २४ कात्तिक २०८२, सोमबार

आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

blog

दमौली (तनहुँ), कात्तिक २४  गते । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे घण्टा बन्द हुन लागेको हो ।

सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेँसीसहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुने छ । उक्त समयावधिमा तुरतुरे पालुङटार खत्रीटार हुँदै विमलनगर निस्किएर वैकल्पिक सडक प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । रासस