• २४ कात्तिक २०८२, सोमबार

विपत्पीडित खानेपानीको समस्यामा

blog

इलामको सन्दकपुर गाउँपालिकामा गत असोज १८ गतेको बाढीपहिरोपछि लथालिङ्ग खानेपानी भएको पाइप । तस्बिर : कोकिला ढकाल

इलाम समाचारदाता 

इलाम, कात्तिक २४ गते  । गत असोज १८ गते राति गएको पहिरोका कारण इलामका धेरै खानेपानीका मुहान र आयोजनामा क्षति पुुगेपछि विपत्मा पीडित परिवार अहिले खानेपानीको समस्यामा परेका छन् । 

बाढीपहिरोमा घरबास गुमाएका धेरै परिवारले खानेपानीको समेत अभाव झेलिरहनु परेको छ । इलाम नगरपालिका, सूूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, फाकफोकथुम, माङ्सेबुुङ गाउँपालिकासहितका सबै जसो खानेपानीका मुहान र आयोजनामा क्षति पुुगेको छ । 

पहिरोका कारण अहिले सबैभन्दा बढी सन्दकपुर गाउँपालिका–४, माबुुवासी खानेपानीको समस्यामा रहेका छन् । सन्दकपुर–४ का वडाध्यक्ष डिबी गुुरुङले भन्नुुभयो, “यो वडाका आठ वटा मुहानमा पूर्ण क्षति भएको छ । यसबाट २५० परिवार खानेपानीको समस्यामा छन् ।” 

उहाँका अनुसार टुव्रmा पाइप जोडेर कतिपय उपभोक्तामा पाइप लगिएको छ । कतिपयले मुहान र खोल्साबाटै पानी खाइरहेका छन् । वडाले पानी स्वच्छ बनाउन पीयूष जस्ता औषधी पनि वितरण गरिरहेको छ । खानेपानीका लागि करिब २१ हजार मिटर पाइप आवश्यक रहेको र माथिल्लो निकायमा माग गरिएको भए पनि पाइप आइनसकेकाले समस्या समाधान गर्न नसकिएको वडाध्यक्ष गुुरुङको भनाइ छ ।  

वडामा साबिकको २ नम्बर वडाका ५०–६० घरपरिवारलाई त पुुनस्र्थापना नै गर्नुपर्ने अवस्था रहेको गुुरुङले बताउनुुभयो । उहाँले भन्नुभयो, “पुरानो २ नम्बर वडामा पूरै जमिन धाँजा फाँटेको छ । अहिले पनि जमिन चर्किने, दब्ने र बग्ने गरेकाले हिउँद लाग्यो भनेर ढुक्क हुने अवस्था छैन । सुक्खा पहिरोको पनि उत्तिकै सम्भावना छ । यहाँको गाउँ नै तत्काल पुुनस्र्थापना गर्न आवश्यक छ ।” 

गाउँपालिकाका शाखा अधिकृत तथा फोकल पर्सन गोकुुल सन्जेलले माईजोगमाई गाउँपालिकामा पनि तत्काल ६२ घरपरिवार खानेपानीको समस्यामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका धेरै मुहानमा क्षति पुुगेको छ । वडा वडामा खानेपानी समस्या छ । यहाँ ४० घरमा पूर्ण क्षति भएको थियो । यी सबैले अस्थायी रूपमा खानेपानी प्रयोग गरिरहेका छन् ।” उहाँले गाउँपालिकाले नयाँ पाइप खरिदका लागि बजेट नछुुट्याएकाले माथिल्लो निकायमा नै पाइप माग गरिरहेको बताउनुभयो । 

सूूर्योदय नगरपालिकाले पनि नगरक्षेत्रमा सञ्चालित खानेपानी आयोजनामा क्षति पुुग्दा लाखौँ रुपियाँ क्षति बेहोर्नुु परेको जनाएको छ । अस्थायी रूपमा खानेपानी सञ्चालन गरिए पनि यसको दीर्घकालीन मर्मतसम्भार गर्न बाँकी रहेको जनाइएको छ । त्यस्तै सधैँ खानेपानीको समस्या झेल्दै आएको इलाम नगरपालिकामा पनि अझै खानेपानी आपूूर्ति सहज भएको छैन । सन्दकपुर गाउँपालिकाको गिताङ र भाँडीखोला मुुहानबाट ल्याइएको पानीको प्रसारण लाइनमा क्षति पुुगेको र मर्मतका लागि ठुलो रकम लाग्ने नगरपालिकाले जनाएको छ । 

वर्षापछिको बाढीपहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुुगेको जनाइएको छ । इलामका सबै आयोजनाको क्षतिलाई मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको सङ्घीय खानेपानी कार्यालयले जनाएको छ । 

इलाममा ३३८ घर पूर्ण रूपले क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त तथा छिमेकीकामा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।