प्रदेश सरकारले विद्यालय भवन निर्माण गर्दै
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुलामा पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
कञ्चनपुरमा आजदेखि जलपक्षी गणना
सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पक्षीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ ।
कुखुरा फर्ममा आगलागी : एक हजार चल्ला जलेर नष्ट, ११ लाखको क्षति
कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।
प्रदेश सभामा नेकपा बन्यो ठुलो दल
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसलाई उछिनेर अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो दल बन्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले एकता गरेर नेकपा निर्माण गरेकाले सो पार्टी प्रदेश सभामा ठुलो दल बन्ने भएको हो । प्रदेश सभामा माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) पार्टीका चार प्रदेश सभा सदस्य छन् । नेकपाको सदस्य सङ्ख्या २१ पुग्ने देखिन्छ ।
टोटी खोलामा पक्की पुल निर्माण थालियो
शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।
बैतडीका गुरुकुल माविका विद्यार्थीलाई न्यानो लुगा वितरण
चिसो बढ्दै गएसँगै बैतडीका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै मानवीय सहयोगका कार्यक्रम अघि बढाइएको छ ।
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू
शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनु हुन्छ । उमेरले पाको देखिए पनि उहाँको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ ।
कटानको उच्च जोखिममा बस्ती
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको बिरेखोला बस्ती बुढीगङ्गाखोला कटानको जोखिममा पर्दै आएको छ । २०७७ साउन २८ गते बुढीगङ्गाखोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि बिरेखोला बस्ती कटानको जोखिममा रहँदै आएको हो ।
बनेको छ महिनामै ऐन संशोधन
सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको छ महिनामै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधन गर्दै छ । ऐन कार्यान्वयनमा समस्या आएपछि प्रदेश सरकारले बनाएको छोटो अवधिमै ऐन संशोधन गर्न लागेको हो । गत असार १५ गते सरकारले यो ऐन जारी गरेको थियो । ऐनमा भएका कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीले नै यस ऐनविरुद्ध २० वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर गरेका छन् ।
जङ्गली जनावरबाट जोगाउन च्याउ खेती
जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानलाई च्याउ खेती वरदान हुने सम्भावना देखिएको छ । पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
आन्तरिक राजस्वको काम स्थानीय तहबाट
आन्तरिक राजस्व कार्यालयले दिने सेवा बिहीबारदेखि स्थानीय तहबाट सुरु भएको छ । बिहीबार टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर जारी गरी सेवा सुरु गरिएको हो । यसअघि आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले दिइरहेको सेवा अब टीकापुर नगरपालिकाको आन्तरिक राजस्व शाखाबाट दिइने छ ।
बुढीगङ्गा खोला कटानको उच्च जोखिममा वीरे खोला बस्ती
बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको वीरे खोला बस्ती बुढीगङगा खोला कटानको जोखिममा पर्दै आएको छ ।
बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन
बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय सेवा पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ ।
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
शुक्लाफाँटा नगरपालिका-६, करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा हुनुहुन्छन् ।
थपिए एकचालिस मतदान स्थल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन
कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । एकातिर डम्पिङ साइट निर्माण गर्न
मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुखबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबिच आज भेटवार्ता भएको छ ।
कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा
कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।
मधुपर्कको सुदूरपश्चिम–कर्णाली विशेषाङ्क लोकार्पित
गोरखापत्र संस्थानको प्रकाशन साहित्यिक पत्रिका मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्कको धनगढीमा विमोचन गरिएकोे छ ।
सुदूरपश्चिम प्रदेश सभा बैठक भोलि बस्ने
२४ भदौको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्भार गरिएको छ ।
अत्तरियामा डिडिसी र वडा कार्यालयमा तालाबन्दी
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।