अध्ययन बैतडीमा, परीक्षा काठमाडौँमा
बैतडीको गोकलेश्वरमा रहेको देशकै एक मात्र सामुदायिक कृषि तथा पशु विज्ञान क्याम्पस थला परेको छ । गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसका विद्यार्थीले परीक्षा दिन काठमाडौँ जानुपर्ने झन्झटले विद्यार्थी सङ्ख्या घट्दै गएको क्याम्पस प्रमुख परमानन्द जोशीले बताउनुभयो ।
न्यूनतम समर्थन मूल्यमा दिइँदैन गहुँ
सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री गर्न नमान्दा खाद्यले कृषकबाट गहुँ खरिद गर्न सकेको छैन । महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ बिक्री गर्न नमान्दा पाँच वर्षयता गहुँ खरिद गर्न नसकिएको जनाएको हो ।
सन्तोषजनक नतिजा नआएपछि आत्महत्या
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् ।
चैतन्यले ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलबार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो ।
एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।
धनगढीले गोदावरी नगर प्रमुखलाई क्षतिपूर्ति तिराउने
धनगढी उपमहानगरपालिकाले कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिराउने भएको छ ।
चट्याङले बैतडीमा पशुचौपाया मरे, विद्युत् अवरुद्ध
बैतडी जिल्लाका विभिन्न स्थानमा चट्याङ पर्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।
तोली माविमा ३३ मध्ये ३२ विद्यार्थी उत्तीर्ण
बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोली देवलडाँडा माविबाट एसइई परीक्षामा सहभागी ३३ जना विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन् ।
खाद्य पसलमा म्याद नाघेका वस्तु
बैतडीका खाद्य पसलमा म्याद नाघेका वस्तु भेटिएका छन् भने नास्ता तथा मिठाई पसलमा प्रयोग हुने खाद्य तेल पटक पटक तताएर परिकार पकाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने तत्व भेटिएको छ । त्यस्ता खाद्य वस्तुको नमुना सङ्कलन गरेर प्रयोशालामा परीक्षण गर्दा चार वटा वस्तुमा गम्भीर समस्या फेला परेको हो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन गर्दा चालु आर्थिक वर्षमा मात्रै दुई लाख ५० हजार रुपियाँभन्दा बढी मूल्यको म्याद नाघेका खाद्य वस्तु फेला पारेर नस्ट गरेको छ ।
दार्चुला–तिङ्कर सडक : पर्याप्त बजेट विनियोजन गर्न माग
सडक सञ्जालको पहुँचबाट टाढा रहेका दार्चुलावासीले त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महìवको दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । खास गरेर सीमावर्ती व्यास गाउँपालिकाका नागरिकले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर निर्माणलाई पूर्णता दिनुपर्ने माग गरेका हुन् । सडक निर्माण सुरु गरिएको १८ वर्ष बितिसक्दा पनि बजेट अभावकै कारण निर्माण कार्यले गति लिन सकेको छैन ।
छयान्नब्बे परिवारलाई लालपुर्जा
कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत सङ्कलन गरिएकोमा आयोग विगठन हुनुपूर्व ९६ परिवारलाई पुर्जा वितरण गरिएको जनाएको हो । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिकामा ९१ पुर्जा वितरण गरिएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रकाश पन्तले
कवाडी खोलाले बगाउँदा बालकको मृत्यु
बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार दिउँसो ३ बजे कवाडी खोलामा नुहाउन गएका हिमाली गाउँपालिका –१ मैर्तना निवासी चङ्खलाल थापाका १४ वर्षीय छोरा नवराज थापाको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
महाकाली किनारको उत्खननमा प्रशासनको कडा निगरानी
महाकाली नदी किनार क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी कडा बनाएको छ । पञ्चेश्वर गाउँपालिका–४ को जंगल्तडा क्षेत्रमा सडक निर्माणका लागि नदीजन्य सामग्री उत्खनन भइरहेको हो ।
विद्यार्थी भर्नामा सकसमा सिद्धेश्वरी आवासीय विद्यालय
जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९ डप्कस्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा दलित जनजाति आवासीय विद्यालयलाई नयाँ विद्यार्थी भर्नामा सकस भएको छ ।
डेढ दशकमा अठहत्तर जनालाई बाढीले बगायो
कैलालीमा डेढ दशकमा बाढीले ७८ जनालाई बगाएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सन् २००८ देखि सन् २०२३ को अवधिमा बाढीका कारण सो सङ्ख्यामा मानिसले ज्यान गुमाएका हुन् । सबैभन्दा बढी २००८ मा २६ जनाले बाढीमा ज्यान गुमाए । यस्तै २००९ मा दुई जना, २०१४ मा छ, २०१८ मा पाँच जनाले ज्यान गुमाएका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
सरकारी संरचना प्रयोगविहीन
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अवस्थामा रहेका छन् । सुकुमवासीका लागि भनेर सरकारले निर्माण गरेको जनता आवासका कतिपय घरसमेत प्रयोगविहीन अवस्था छन् ।
टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता
युथ अफ टीकापुरको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा कालिकोट, बर्दिया र कैलालीका नौ वटा टीम सहभागी छन् । आइतबार सुरु भएको खेल जेठ ३ गते सम्म चल्नेछ ।
बाजुराका महिलालाई गहुँ काट्ने चटारो
बाजुराका अधिकांश स्थानमा यतिबेला महिलालाई गहुँ काट्ने चटारो परेको छ । वैशाखको पहिलो सातादेखि पाक्न थालेका गहुँ वर्षाका कारण समयमै भित्र्याउन समस्या भएको थियो ।
संस्थागत मिलापत्रको असफलताले निम्त्याउँदै बहुविवाह
विवाहपछि सुदूरपश्चिमकी सुमी (नाम परिवर्तन) जागिर गर्दै आउनुभएको थियो । पारिवारिक अवस्था राम्रै थियो । उहाँ गर्भवती हुनुभयो । बच्चा आगमनको दिन गन्ती गर्दै विशेष परिस्थितिसँग जुधिरहेको बेला सुमीको श्रीमान्ले भने अर्कीसँग सम्बन्ध गाँसेछन् । प्रमाण जुटाएर सुमीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले सुमी र उहाँको श्रीमान् दुवैलाई सम्झाइबुझाइ गरेर मिलापत्र गरायो । मिलापत्रपछि सम्बन्ध सुधार हुनुपर्नेमा झन उल्टो हुन पुग्यो । सुध्रिनुको सट्टा उहाँको श्रीमान् उल्टै शारीरिक र मानसिक हिंसा दिने कार्यमा उत्रिए । प्रहरीले पुनः हस्तक्षेप गरी मिलापत्र गरायो तर हिंसा बढ्दै गयो ।
कांग्रेसभित्र आपसी अविश्वास र गुटगत सोच अन्त्य गर्न आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनसम्बन्धी बहस अब समाप्त भएको बताउनुभएको छ । धनगढीमा शनिबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र अब विशेष महाधिवेशन पक्ष वा विपक्ष भन्ने विभाजनको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो । अग्रज नेताको अनुभव र युवाको ऊर्जालाई समेटेर कांग्रेस
दुम्लिङ गाउँमा पुग्यो गाडी
दुर्गम दार्चुलाको दुम्लिङगाउँमा नेपाली सेनाले गाडी पु¥याएको छ । दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुषारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२ कल्जुसम्म ट्र्याक खोलिएकोमा दुम्लिङसम्म गाडी चल्ने भएको छ ।
आयोग खारेजीपछि बैतडीमा लालपूर्जा वितरण रोकियो
सरकारले भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेसँगै बैतडीमा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया प्रभावित भएको छ ।
बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या
पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् ।
राष्ट्रियताका मुद्दामा सरकारलाई कांग्रेसको पूरा सहयोग हुन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ ।