• २९ वैशाख २०८३, मङ्गलबार

तोली माविमा ३३ मध्ये ३२ विद्यार्थी उत्तीर्ण

blog

एसइईमा उत्तीर्ण तोली माविका विद्यार्थी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख २९ गते ।
बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोली देवलडाँडा माविबाट एसइई परीक्षामा सहभागी ३३ जना विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन् ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा नियमिततर्फका ३३ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ३२ जना ग्रेडिङमा उत्तीर्ण भएका हुन् ।

विद्यालयले कक्षा १० का विद्यार्थीलाई प्रत्येक हप्ता पढाइएका विषयवस्तु समेटेर शनिबार नियमित परीक्षा सञ्चालन गर्दै आएकाले एसइईमा राम्रो नतिजा आएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ओझाले तोली माविबाट ३३ जना विद्यार्थी एसइईमा सहभागी भएको र तीमध्ये ३२ जना उत्तीर्ण भएको बताउनुभयो ।उहाँका अनुसार उत्तीर्ण ३२ जनामध्ये २१ जनाले ३.० जीपीए र ११ जनाले २.० जीपीए प्राप्त गरेका छन् ।

शिक्षक, अभिभावक र विद्यार्थीबिचको राम्रो समन्वयका कारण विद्यालयले एसइईमा राम्रो नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक ओझाले बताउनुभयो ।