बजेट सुनिश्चित भएसँगै सञ्चालनमा आउने
भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ ।
मन्त्री भट्टद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
प्रदेश सरकारले नियुक्त गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले पद् तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सुदूरपश्चिम सरकारमा मन्त्री थप्ने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।
सुदूरपश्चिम उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा कुँवर
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ। महासङ्घको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित हुनुभएको हो।
शिक्षामा अब्बल, भौतिक संरचनामा कमजोर
बाजुराको बुढीगङ्गा नगरपालिका–२ स्थित वसन्त बालमैत्री आधारभूत विद्यालय नगरकै एक उत्कृष्ट विद्यालय हो । २०५१ देखि सञ्चालित यो विद्यालय बुढीगङ्गा नगरपालिकाले लिने गरेको कक्षा ५ को नगरस्तरीय परीक्षामा सधैँ उत्कृष्ट रहँदै आएको छ । वसन्त बालमैत्री विद्यालयको प्रधानाध्यापक बहादुर थापाले विद्यालयको शिक्षा राम्रो भए पनि भौतिक संरचना निकै कमजोर रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले विद्यालयको भौतिक पूर्वाधार तथा अन्य व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने हो तर लामो समयदेखि विद्यालयको एउटा झ्यालसमेत फेर्न सकिएको छैन ।”
सहज हुन थाल्यो सरकारी सेवा
नयाँ सरकार बनेसँगै सरकारी कार्यालयको सेवा प्रवाहमा केही परिवर्तन आउन थालेको छ । बिचौलियाको बिगबिगीले अस्तव्यस्त मालपोत, नापी, यातायात व्यवस्थालगायतको सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार आएको हो । सरकारले सरकारी कार्यालयको सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने अभियान चलाएपछि कैलालीका सरकारी कार्यालयको सेवा प्रवाहमा परिवर्तन आएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।
प्रदेश सभामा पद रिक्त
सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यको पद रिक्त भएको छ । तत्कालीन प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले प्रतिनिधि सभा सदस्यको चुनाव लड्नका लागि प्रदेश सभा सदस्यबाट स्वैच्छिक राजीनामा दिएपछि एउटा पद रिक्त भएको हो ।
बैतडीमा सरकारी सेवा सहज र बिचौलियामुक्त बन्दै
जिल्लास्थित सरकारी कार्यालयहरू बाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ ।
जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूपमा अन्त्य हुन अझै समय लाग्ने देखिन्छ ।
दार्चुलामा गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना तयारी तीव्र
सुदूरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र पारिएको छ।
सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत पावर हाउस क्षति, तीन सय घरधुरी अन्धकारमा
आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।
बैतडीमा धमाधम उत्तरपुस्तिका परीक्षण जारी
परीक्षा नियन्त्रण कार्यालयको निर्देशनअनुसार बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै धमाधम भइरहेको छ।
घरेलु हिंसापीडित महिलाका मुद्दा प्रहरीमै सीमित
कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैनन् । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोडे, त्यो दिन सम्झेर अहिले पनि उहाँ झस्किनुहुन्छ । पाँच वर्षअघिको कुरा हो, घोडाघोडी नगरपालिका–१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्ने कुरै थिएन । उहाँका श्रीमान्लाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।
शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।
डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो।
दुम्लिङसम्म गाडी गुडाउने सेनाको लक्ष्य
दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुसारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको नेपाली सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२, दुम्लिङसम्म गाडी गुडाउने लक्ष्य राखेको छ ।
‘दलित विकास प्राधिकरण आवश्यक छ’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यमा गणेशबहादुर विश्वकर्मा चयन हुनुभएको छ । उहाँ पाँचौँ प्रयासमा प्रतिनिधि सभा सदस्य पदमा पुग्नुभएको हो । विश्वकर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २०६४, २०७०, २०७४ सालको निर्वाचनमा र नेकपा (एकीकृत समाजवादी) ले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फको सूचीमा राखे तर अवसर नपाउनेमा पर्दै आउनुभएको थियो । यस पटक भने उहाँ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।
महाकालीमा बेपत्ता भएका चन्द भारतमा मृत फेला
महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।
दिगो ऊर्जा प्रवर्धनका लागि निःशुल्क चुलो
कैलालीको बर्दगोेरिया गाउँपालिकाले स्थानीय उपभोक्तालाई सुधारिएको चुलो वितरण गरेको छ । एकता समाज काठमाडौँको सहयोग र गाउँपालिकाको समन्वयमा निःशुल्क रुपमा चुलो वितरण गरिएको हो ।
मार्तडीमा बसपार्क नहुँदा पार्किङ समस्या
बाजुराको सदरमुकाम मार्तडीमा लामो समयदेखि बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको छ । यहाँ दैनिक दर्जनौंभन्दा बढी लामो र सयौंको हाराहारीमा छोटो दूरीको गाडी दैनिक आउने जाने गरेका छन् । ती गाडी राख्न यहाँ बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको हो ।
बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्।
बजार स्थापनाको बिस वर्षपछि शौचालय निर्माण
बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्काको बाम्काबजारमा २० वर्षपछि शौचालय निर्माण गरिएको छ । बजार स्थापना भएको २० वर्ष पुग्दा पनि अहिलेसम्म शौचालय निर्माण हुन सकेको थिएन । अहिले बुढीगङ्गा नगरपालिका–६ को वडापालिकाले पाँच लाख रुपियाँ रकम विनियोजन गरेपछि सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।
श्रमदानमार्फत पुल निर्माण गरिँदै
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको टिमले दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । गत ११ गते गरिएको स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गरिने इन्जिनियर डम्मर लिम्बूले जानकारी दिनुभयो ।