सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ ।
बेलौरीका विद्यालय चार दिन बन्द
कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ ।मौसम प्रतिकुलताका कारण मङ्गलबारदेखि पुस २५ गतेसम्म चार दिन जाडो बिदा दिइएको पालिकाको शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा निर्वाचन : बैतडीमा बढ्दो राजनीतिक चहलपहल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका सम्भावित उम्मेद्वारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन् ।
नेटवर्कविहीन बानेगाउँ
बाजुराको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँमा टावरले काम नगरेर नेटवर्क राम्रो नहुँदा मोबाइल चलाउन कठिन हुने गरेको छ । खप्तडछेडेदह र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई नेटवर्कको सहज हुने गरेर नेपाल टेलिकमले बानेगाउँको डाँडामा टावर निर्माण गरेको भए पनि यहाँका स्थानीयलाई भने त्यो टावरबाट राम्रो नेटवर्क आउन सकेको छैन ।
पुल सञ्चालन नहुँदा आवागमनमा सास्ती
बाजुराको खप्तड छेडेदह–३ र बुढीगङ्गा नगरपालिकाका–४ को बिचमा पर्ने बार्जुगाडखोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ ।
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् । पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो ।
कञ्चनपुरबाट एमालेका सात उम्मेद्वारको नाम सिफारिस
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले तीन वटै निर्वाचन क्षेत्रबाट सात जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा रास्वपाको दुई प्रदेशसभा सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो ।
कानुन व्यवसायी अध्ययनशील हुनुपर्नेमा जोड
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले कानुन व्यवसायी अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नवप्रवेशी कानुन व्यवसायीहरुका लागि तीन दिनसम्म सञ्चालन भएको पूर्व व्यावसायिक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका भण्डारीले सो कुरा बताउनुभएको हो ।
मुक्त कमलरीले परिचयपत्र पाएनन्
कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् ।
प्राधिकरणको ध्यान गुणस्तरीय बिजुली सेवामा : निर्देशक शाक्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
बाजुराबाट ११ जनाको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
जीवनस्तर सुधार्ने योजना प्राथमिकतामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।
जङ्गली हात्तीको आतङ्क बढ्दै
कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।
वनकै पदाधिकारीको मिलेमतोमा काठ तस्करी
कैलालीको चुरे गाउँपालिका –२ खैरालास्थित सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा वन फडानी भएको छ ।
बुढीगङ्गा नगर भवन निर्माण ठेक्का: तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा
बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी
सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।
विद्यार्थी महोत्सव आयोजना हुने
कैलालीको धनगढीमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ ।
सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व-पश्चिम झण्डा मार्च’ सुरु
सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ ।
सशस्त्र प्रहरीद्वारा पश्चिमी नाका गड्डाचौकीबाट झण्डा मार्च कार्यक्रम सुरु
सशस्त्र प्रहरी बल नेपालले पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको शुभारम्भ गरेको छ । आगामी माघ महिनामा मनाइने सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा आइतबारदेखि पूर्वी नाका र पश्चिमी नाका गड्डाचौकीबाट एकैसाथ राष्ट्रिय झण्डा बोकी झण्डा मार्च प्रारम्भ गरिएको हो ।
बैतडीमा पाँच नयाँ मतदानकेन्द्र थपिए
बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लामा मतदान केन्द्र थप गरिएको हो ।
अवैध रुख कटान प्रकरण : सोधपुछ सकिँदा पनि खुलेन पहिचान
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ ।
हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड
बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ ।