• २३ चैत २०८२, सोमबार

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुँवर

blog

नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित हुनुभएका पुष्पराज कुँवर ।

नीराजन परियार

चौमाला (कैलाली), चैत २३ गते। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ। महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित हुनुभएको हो।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष (उद्योग र वाणिज्य) मा मदनराज पन्त, कोषाध्यक्षमा प्रेमबहादुर भण्डारी तथा जिल्ला र नगरतर्फका सदस्यहरूमा विष्णुराज जोशी, कृष्णबहादुर तामाङ, कृष्णकुमारी बिष्ट, खेमेश्वरप्रसाद बोहरा र मदनराज न्यौपाने समेत निर्विरोध चयन हुनुभयो । 

त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बमबहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएका छ ।

प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ। निर्वाचन अधिकृत खगेन्द्रराज जोशीले तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएको बताउनुभयो ।