प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने
भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्योल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ । सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । सभा हल मर्मतको कार्य तीन÷चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्य सकेर छ/सात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गर्नुभयो ।
कैलालीमा भेटियो ‘रसेल भाइपर’ सर्प
अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलालीमा फेरि भेटिएको छ । टीकापुर नगरपालिका–७ स्थित बैदीमा फेरि रसेल भाइपर सर्प भेटिएको हो । स्थानीय गङ्गाराम जैसीको घरबारीमा सोमबार रसेल भाइपर सर्प भेटिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यो वर्ष मात्रै बैदीमा चार वटा रसेल भाइपर भेटिसकेको बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, “यसअघि तीन वटा रसेल भाइपर भेटिएका थिए । अहिले चिसो भएका बेला पनि यो अत्यन्त विषालु सर्प यहाँ देखा परिरहेकाले सचेत रहन आवश्यक छ ।”
बैतडीमा चितुवा पासोमा फसेको अवस्थामा भेटियो
बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ ।
पासोमा चितुवा
बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।
कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ
कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
हिमाली पालिका पाँच महिनादेखि अन्धकार
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको छ । २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो ।
उपचार गराउन शिविर पर्खिन्छन् महिला
बैतडी जिल्लाका ग्रामीण भेगका महिला पाठेघर खसेको उपचार गर्न अझै शिविरलाई पर्खिने गरेको पाइएको छ । गाउँमा उपचार सेवा नहुनु, जिल्ला अपस्ताल टाढा हुनु र बदनाम हुने डरले रोग लुकाएर बस्ने समस्याले गर्दा ग्रामीण महिलाले शिविर पर्खिने गरेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।
घरबारविहीन जानकी महरालाई सहयोग प्रदान
सवारी दुर्घटना श्रीमान गुमाएपछि घरबारविहीन बन्नुभएको बैतडीको सूर्नया गाउँपालिका–४ की जानकी महरालाई प्रशासन, स्थानीय सरकार र समाजसेवी संस्थाको संयुक्त पहलमा राहत सहयोग प्रदान गरिएको छ ।
कारागारबाट भागेका कैदीबन्दी अझै सम्पर्कविहीन
गत भदौ २४ गते साँझ जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका ३५७ मध्ये अझै ९८ कैदी फरार रहेका छन् । जसमध्ये लागुऔषधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी अत्यधिक रहेका छन् । कञ्चनपुर कारागारका अनुसार फरार रहेका कैदीबन्दीमध्ये ३२ कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेका छन् ।
महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल
परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।
बैतडीको पाटन–९ मा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण
बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
तस्करीको लागि लुकाइएको काठ बरामद
तस्करी गर्नका लागि चिरान गरेर लुकाइएको काठलाई वनकर्मीको टोलीले बरामद गरेको छ। कैलालीको चुरे गाउँपालिका–५ मौरी गाउँस्थित सिस्नुको झाङमुनि लुकाइ राखेको अवस्थाबाट काठ बरामद गरिएको हो।
अख्तियारमा साढे चार सय उजुरी, १५० उजुरीमाथि विस्तृत अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् ।
पाँच वर्षदेखि लगातार तीन करोड बजेट, योजना भने अलपत्र
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् ।
कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
संवेदनशील मतदान केन्द्रको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा मतदान स्थल अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका मतदान स्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन तीव्र बनाइएको हो ।
बजेट आए पनि खानेपानी आएन
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोका पूरा हुन सकेको छैन ।
आठौँ पटक चुनाव लड्ने तयारीमा देउवा
प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भावना बढेको छ । २०४८ सालदेखि चुनाव जित्दै आउनुभएका सभापति देउवा आठौँ पटक त्यहाँबाट चुनाव लड्ने तयारीमा रहनुभएको जिल्लाका नेताहरू बताउनुहुन्छ ।
पर्यटकको रोजाइमा आमपानीको झरना
टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
उपकुलपतिका लागि तेस्रो पटक आवेदन आह्वान
कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
कैलालीबाट कांग्रेसका तिस जना उम्मेदवारका आकाङ्क्षी
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षी धेरै देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउनका लागि सो पार्टीले आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीका लागि ३० जनाको नाम जिल्ला समितिमा पुगेको हो ।
मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले स्वयं सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका खेलिरहेका छन् ।