स्लेट छाडेर जस्तापाता रोज्दा क्षति
विगतका वर्ष जस्तै यस वर्ष पनि हुरीबतासले जिल्लाका आधा दर्जन विद्यालयको जस्तापाताको छाना उडाएर क्षति पु¥याएको छ । स्थानीय जनश्रुति अनुसार ‘वायु’ (हावा) र ‘तड’ (पहाडको टाकुरा) मिलेर बनेको ‘बायोत्तड’ शब्दबाट ‘बैतडी’ जिल्लाको नाम रहन गएकाले पनि बढी हावा चल्ने जिल्लाका रूपमा यो परिचित छ । यद्यपि यहाँका सरकारी संरचना निर्माण गर्दा भूबनोटको ख्याल नगरी जस्तापाताको छाना राख्ने गरिएको छ ।
हुलाक सेवामार्फत घरमै राहदानी
चिठीपत्र आदानप्रदानका काममा मात्रै सीमित बनेको हुलाक सेवालाई आधुनिकीकरण गर्न थालिएसँगै सेवाग्राहीलाई सहज भएको छ । हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठीपत्र आदानप्रदानमा सीमित बनेको हुलाक कार्यालयले आगामी दिनमा राहदानी, सवारीचालक अनुमतिपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र विश्वविद्यालयका प्रमाणपत्रसहितका कागजात सेवाग्राहीको घरमै पु¥याउने गरी तयारी थालिएको बताउनुभयो ।
सरकारी संरचनादेखि बजार ऐलानी जग्गामा
कैलालीमा बस्ती मात्रै नभई थुप्रै सरकारी संरचनादेखि लिएर बजार ऐलानी जग्गामा रहेका छन् । पञ्चायतकालमा बनाइएका मन्डी (बजार) देखि लिएर मुलुक सङ्घीय संरचनामा गएपछि बनेका कतिपय सरकारी भवन पनि ऐलानी जग्गामा रहेका हुन् ।
सेवा सुविधाको रकम सामाजिक क्षेत्रमा
धनगढीको विकासमा कटिबद्ध धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधाबापत आफूले प्राप्त गर्दै आएको रकमलाई सामाजिक क्षेत्रमा खर्च गरिरहनू भएको छ ।
प्रि-मनसुनी वर्षाले निभ्यो डढेलो
कैलालीको विभिन्न ठाउँमा वनमा लागेको डढेलो निभेको छ । प्रि–मनसुन सिजनमा विगत केही दिनयता वर्षा भएकाले वनमा लागेको डढेलो निभेको हो ।
डडेल्धुरामा ३६३ हेक्टर वन अतिक्रमण
जिल्लाको कुल भूभागको झण्डै ७५ प्रतिशत वनजङ्गलले ढाकेको डडेल्धुरामा अतिक्रमण बढ्दै गएको छ ।
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने योजना पेस गर्न निर्देशन
दार्चुलाको जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउन स्थानीय तह, डिभिजन वन कार्यालय र अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई १५ दिनभित्र योजना पेस गर्न निर्देशनसहितको पत्र पठाएको छ ।
तल्लो स्वराडमा इलाका प्रशासन
बैतडीको पुर्चौडी नगरपालिकापछि तल्लो स्वराड क्षेत्रको मेलौलीमा पनि इलाका प्रशासन कार्यालय स्थापना भएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले बिहीबार कार्यालयको उद्घाटन गर्नुभएको हो ।
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माणकार्य द्रुतगतिमा भइरहेको छ ।
खानी सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विस्तृत अध्ययन भई उत्खननका लागि निजी क्षेत्रले अनुमति (लाइसेन्स) पाएर पनि खानी सञ्चालन नभएपछि बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । विस्तृत अध्ययन भइसकेका खानीमा सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा, फलाम र कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी रहेका छन् ।
बैतडीमा कृषक पाठशाला : बारीमै तालिम र परामर्श
बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीको व्यावहारिक ज्ञान दिने उद्देश्यले जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
कञ्चनपुरमा विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते हुनुभएको छ ।
खानी सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विस्तृत अध्ययन सम्पन्न भएर निजी क्षेत्रले उत्खननको लाइसेन्स प्राप्त गरे पनि खानी सञ्चालन हुन नसकेको भन्दै बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मोहना नदीमा जलपक्षी (फोटो फिचर)
कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो ।
१५ दिनभित्र अतिक्रमित क्षेत्र हटाउन वन कार्यालयको आग्रह
बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।
अतिक्रमण हटाउने योजना तयार पार्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक अतिक्रमण हटाउने योजना तयार पार्न यहाँका स्थानीय तह तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यहाँका नौ वटै पालिका र सरकारी कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक जग्गाको पहिचान गरेर यथार्थ विवरण सङ्कलनका साथै अतिक्रमण हटाउने योजना तयार पार्न आग्रह गरेको हो ।
छैन पोसिलो खाना वडैपिच्छे कडा कुपोषण
पोसिलो खाना नपाएर बैतडीका वडैपिच्छे कडा कुपोषित बालबालिका भेटिन थालेका छन् । वैशाख १५ गतेयता (पाँच दिनमै) बैतडीमा १५२ जना कुपोषित बालबालिका भेटिएका छन् । यीमध्ये १९ जना कडा कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइएको छ ।
अनुदानको पर्खाइमा मौरी मुडेघार
बाजुराको हिमाली गाउँपालिका–६, पाडीका मौरीका मुडेघार अनुदानको पर्खाइमा रहेको छ । पाडीका किसानले परम्परागत रूपमा बनाएका ती मौरीका मुडेघार अहिले रुप फेर्ने पर्खाइमा रहेका छन् ।
कोटेसनमार्फत कार्यक्रम कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’
यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।
‘साना योजना र उपभोक्ता समितिलाई बिदा’
सुदूरपश्चिम प्रदेश सरकारले विकास निर्माणको पुरानो ढर्रामा ब्रेक लगाएको छ । प्रदेश सरकारले अब २५ लाख रुपियाँभन्दा कम लागतका योजनामा बजेट नदिने र विकास निर्माणका कुनै पनि काम उपभोक्ता समितिमार्फत नगराउने कडा नीति अघि सारेको छ ।
‘शिक्षामा लगानीसँगै रोजगारी सिर्जना गर्नु पर्छ’
सुदूरपश्चिमको शैक्षिक विकासमा प्रदेश सरकारले लगानीसँगै रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बर्दगोरिया क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले शिक्षामा लगानी गरे पनि बेरोजगारीका कारण युवा विदेश पलायन हुने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कृषि मन्त्रीसँग कृषकका समस्या समाधान गर्न माग
धनगढी नगर भलमन्सा समितिले कृषकले झेलिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माग गरेको छ ।
मन्त्री चौधरीद्वारा निकुञ्जको अनुगमन
कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्नुभएको छ ।