डडेल्धुरा कारागारबाट अझै पाँच जना कैदीबन्दी फरार
डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिनुभयो ।
मकै उत्पादनमा जोड दिँदै किसान
बाजुराका अधिकांश गाउँबस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् । पहिले अधिकांश ठाउँमा मकै उत्पादन हुने गथ्र्यो तर खानलाई मात्र पुग्थ्यो । किसानले व्यवसाय परियोजनाका लागि पनि मकै उत्पादन गर्न थालेका छन् । अहिले मकै किन्नका लागि व्यापारीहरू किसानको घरमै पुग्न थालेपछि किसानले मकै खेतीमा जोड दिन थालेका छन् । अहिले बजारमा मकैको माग बढ्दै गएपछि किसानले पनि मकै उत्पादनलाई प्राथमिकता दिँदै आएको बुढीगङ्गा नगरपालिका वरिष्ठ कृषक भोलाराम जैशीले बताउनुभयो ।
धौलीगाड पुलको निर्माण कार्य अलपत्र, एघार वर्षमा एउटा पिल्लर
महाकाली लोकमार्ग अन्तर्गत दार्चुलाको गोकुलेश्वर–खलङ्गा सडकखण्डको धौलीगाड खोलामा ११ वर्षअघि सम्झौता भएको पुल निर्माण कार्य अलपत्र परेको छ । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले २०७१ असार ३० गते आशिष कन्स्ट्रक्सन धनगढीसँग दुई करोड ३२ लाख ५६ हजार रुपियाँ लागतमा पुलको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पुल निर्माण सुरु गरी एकापट्टि पिलर गाडेपछि मुआब्जाको विवाद सुरु भएको थियो । २०८० मा विवाद समाधान भए पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
दुर्व्यसनबाट सजग रहन नाटक
लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ ।
भजनीलाई मदन भण्डारी कप उपाधि
कैलालीको घोडाघोडी नगपालिका–१०, पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
दार्चुलामा हिमपातसँगै चिसो बढ्यो
दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ ।
बाजुराका पहिरोपीडितलाई चिसोको चिन्ता
बाजुराको उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिका विच्छ्या रुगिनका बाढी पहिरोपीडित चिन्तित भएका छन् ।
त्रिपालको बसाइमा चिसोको चिन्ता
बाजुराको उच्चहिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिकाको बिच्छ्यारुगिनका बाढीपहिरोपीडितलाई चिन्ता लाग्न थालेको छ । गत साउन २८ गते राति साढे छ बजे बिच्छ्याखोलामा आएको बाढीले यहाँका वडा नम्बर १ बिच्छ्या र वडा नम्बर ५ रुगिनका ४१ घरपरिवार विस्थापित भएपछि अहिले उनीहरू त्रिपालको भरमा रहेका छन् । गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालको बास बेहोर्ने भन्ने चिन्तामा परेका छन् ।
अपि सडक निर्माणमा ढिलाइ
अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरेर निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।
तरकारीमा विषादीको मात्रा बढ्दो
यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१/८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।
कञ्चनपुर प्रशासन कार्यालय अगाडि आरक्ष पीडितद्वारा धर्ना
कञ्चनपुरमा आरक्षपीडितहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढि आरक्षपीडित परिवारले प्रशासन अगाडि पाल टाँगेर पुनर्स्थापनाको मागसहित धर्ना सुरु गरेका हुन् ।
पर्यटक आकर्षित गर्दै छेडेदह ताल
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बिचमा रहेको छेडेदह ताल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।यसको चारैतिर अग्ला भु–भाग र बिचमा समथल रहेको यो ताल हेर्दा जोकोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो पर्यटकका लागि आकर्षण केन्द्रबिन्दु बनेको हो ।
रास्वपा दार्चुलाको सभापतिमा सामन्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन हुनुभएको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो ।
मकै उत्पादनमा जोड दिँदै किसान
बाजुराको अधिकांश गाउँ बस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् ।
मङ्गलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती
कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
जुवा तास खेल्ने ११३ जना कारबाहीमा, सात लाखभन्दाबढी बरामद
प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ । यस वर्षको तिहारको समयमा रातदिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११३ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको हो ।
मन्दिरमा पूजाआजासँगै मेलाको रौनक
नेपालीहरुका महान पर्व दसैँतिहार सकिएपछि सुदूरपश्चिमका विभिन्न स्थानमा विराजमान देवीदेवताको वार्षिक भव्य पूजाआजासँगै मेलाको रौनक सुरु भएको छ ।
धानको समर्थन मूल्यकाे पर्खाइमा किसान
टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बस्नुभएको छ ।
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा
। रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर९हाइव्रिड० र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
भत्ताको लोभमा उपचार गराउँदैनन् मानसिक रोगी
उपचार, हेरचाह र सामाजिक सद्भाव नपाउँदा मानसिक रोगी सडकमा बेवारिसे घुमिरहेको पाइएको छ । जिल्ला सदरमुकाममा मात्रै दैनिक तीन/चार जना मानसिक रोगी सडकमा डुलिरहेको देख्न सकिन्छ ।
निजी क्षेत्रबाट धान खरिद ठप्प
किसानहरू धान बेच्न आत्तिइरहेका बेला व्यापारीले धान खरिद बन्द गरेका छन् । तिहारअघि कैलालीको भजनीमा प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँ, टीकापुरमा दुई हजार छ सय रुपियाँ, धनगढीमा दुई हजार आठ सय रुपियाँमा धान खरिद भइरहेकोमा तिहारपछि त्यो पनि बन्द भएको छ ।
खलो प्रथाले बन्द हुँदै आरन
खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलोका रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन् । कोही आरन पेसा छाडेर अन्य व्यवसाय गर्न थालेका छन् । आरनसँगै गाउँमा खेतीपातीको कामसमेत घट्न थालेको छ । युवा जनशक्ति पलायन र बसाइँसराइका कारण
सामान्य विवादमा श्रीमतीद्वारा श्रीमानको हत्या
कैलालीको जोशीपुर गाउँपालिका –३ लकडमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति श्रीमान श्रीमतीबिच घरायसी सामान्य विवाद हुँदा श्रीमतीले श्रीमानलाई हतियार प्रहार गरेको जनाइएको छ ।