मन्त्री चौधरीद्वारा निकुञ्जको अनुगमन
कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्नुभएको छ ।
इलाका प्रशासन कार्यालय स्थापना ठुलो सफलता : प्रदेश प्रमुख मियाँ
जनताका आवश्यकताका कार्यालय सेवाग्राहीलाई नजिकैबाट सेवा प्रदान गर्ने गरी स्थापना हुनु ठुलो सफलता भएको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताउनुभएको छ ।
लोप हुँदै बाजुराको लेउ फेर्या
बाजुराको लेउ फेर्या बुन्ने प्रचलन विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिला भेडाबाख्रा पाल्ने र त्यसैको रौंबाट ऊन बनाउने गर्थे ।
प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृत्यु
कैलालीमा तालिमरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृृत्यु भएको छ । छाती र टाउको दुखेर बेहोस हुनुभएका दार्चुलाको नौगाड गाउँपालिका–१ का महेश महताको उपचारको क्रममा ज्यान गएको हो ।
घरको छतबाट खसेर मजदुरको मृत्यु
बैतडीको शिवथान गाउँपालिका–६, सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो ।
चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु
बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् ।
कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा
कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
बाजुरामा परम्परागत ‘लेउ फेर्या’ बुन्ने सीप लोप हुँदै
बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे ।
दशकदेखि अलपत्र कृषि सडक, किसानलाई सास्ती
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ ।
आरक्षपीडितद्वारा मन्त्री चौधरीलाई ज्ञापन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका आरक्षपीडितले विभिन्न मागसहित कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
दस शय्याको अस्पताल सञ्चालनमा
जिल्लाको दुर्गम मानिने गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको मुकाम वडा नम्बर २ बडालनजिकै देव खेतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेको अस्पतालमा स्थानीयले गाउँमै सहज स्वास्थ्य सेवा पाउने छन् ।
सुकुमवासीलाई कोरिडोरछेउको जग्गा दिने तयारी
पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी भएको छ । पञ्चेश्वर गाउँपालिका र भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयले प्राविधिकमार्फत नापजाँचको काम सकेर हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ ।
दशकअघि खनिएको कृषि सडक अलपत्र
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१, मालमगाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना अलपत्र परेको छ । व्यावसायिक रूपमा कृषि काम गर्दै आएका किसानको अन्न बजारसम्म पु¥याउन एक दशकअघि स्याउले–दगोडा–मालम सडक खनिएको थियो । २०७० सालमै दगोडा र मालमगाउँलाई स्याउले चोकसँग जोड्ने गरेर कृषि सडकको योजना अघि बढाएर केही सडक खनिएको थियो । दगोडा बस्तीमुनिसम्म सडक खनिए पनि यो सडक मालकगाउँसम्म पुगाउन नसक्दा अलपत्र अवस्थामा रहेको छ ।
शिक्षकको हातमा चक डस्टरसँगै बारीको काँक्रो
जिल्लाको बडीमालिका–४, ओलेनाका कमल नाथ पेसाले एक अस्थायी शिक्षक हुनुहुन्छ । उहाँ अहिले गाउँनजिकैको पाथरकोट आधारभूत विद्यालयम रिलामा कार्यरत हुनुहुन्छ । विगत केही वर्षयता उहाँ बालबालिकाको भविष्यका लागि निरन्तर शैक्षिक पेसामा लागिरहनुभएको छ । उहाँले बिहान ९ देखि बेलुकी ५ बजेसम्म त्यसै विद्यालयको कालोपाटीमा चक, डस्टर घोटेर बालबालिकालाई पढाउनुहुन्छ । भने अन्य शनिबार र बिदाका दिनमा घरमा रहेको बाँझो जमिनको समेत सदुपयोग गर्दै आउनुभएको छ ।
गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति, जनजीवन प्रभावित
आइतबार दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । जिल्लाका विद्यालय, वडा कार्यालय, निजी घर, पसल तथा विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि जनजीवन प्रभावित बनेको छ ।
कञ्चनपुरमा हावाहुरी, केही ठाउँमा क्षति
कञ्चनपुरमा आइतबार दिउँसो चलेको हावाहुरीबाट आंशिक क्षति पुगेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चलेको हावाहुरीबाट तीन दर्जन बढी विद्युतीय पोलमा क्षति पुगेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
उपभोक्ता समितिमार्फत प्रदेशको काम हुँदैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका कुनै पनि आयोजना उपभोेक्ता समितिमार्फत कार्यान्वयन नहुने बताउनुभएको छ ।
मन्त्री चौधरीलाई आरक्ष पीडितको ५ बुँदे ज्ञापनपत्र
शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितहरुले विभिन्न पाँच बुँदेमागसहित कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सुदूरपश्चिमको चुनौती : लागुऔषध र गरिबी
सुदूरपश्चिम प्रदेशमा हरेक तीन घण्टामा दुई जना लागुऔषध ओसारपसार गर्ने युवा पक्राउ पर्ने गरेको तथ्य बाहिर आएको छ । यो सङ्ख्या दैनिक रूपमा १० जनाभन्दा बढी देखिएको छ । पक्राउ पर्नेमा १६ वर्षदेखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या अत्यधिक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालबाट फर्केका बिरामी ठिक पार्दै चौधरी
धनगढीका अर्पण चौधरीको दायाँ हात र पिठ्युँको दायाँ भाग दुख्ने समस्या थियो । हात झमझमाउने, दुख्ने समस्या लिएर चौधरी पटक पटक अस्पताल धाउनुभयो । चिकित्सकले विभिन्न परीक्षण गराए । औषधी पनि दिए । तर समस्या समाधान भएन ।
पाटन खुल्नुअघि नै यार्चा सङ्कलन
हिमालको काखमा बसोबास गर्ने दार्चुलाका स्थानीय जीवन धान्ने बहुमूल्य हिमाली जडीबुटी यार्चागुम्बाको खोजीमा लेकतिर उक्लिन थालेका छन् । हिउँदमा बाक्लो हिमपात भएको यार्चागुम्बा पाइने पाटनमा हिउँ पग्लिन थालेसँगै गाउँका घरहरू बिस्तारै सुनसान बन्दै गएका छन् । यार्चा पाइने पाटनमा मानिसको चहलपहल बढ्दै गएको छ । आधिकारिक रूपमा वन खुल्नुपूर्व नै स्थानीयवासी यार्चा सङ्कलन गर्नका लागि पाटनमा पुगिसकेका छन् । व्यास गाउँपालिका–२, दुम्लिङका स्थानीय मोहन बुढाथोकीका अनुसार यार्चागुम्बा पाइने दुधीवन क्षेत्रमा यार्चा टिप्ने मानिसको सङ्ख्या दिन प्रतिदिन बाक्लिँदै गएको छ । वैशाखको १२ गतेदेखि माल र दुम्लिङ गाउँका करिब ५०/६० जना यार्चा सङ्कलक वन क्षेत्रमा पुगिसकेको उहाँले बताउनुभयो ।
डिलाशैनी गाउँपालिकाको लोडरमा नक्कली नम्बर प्लेट, प्रयोगमा रोक
बैतडीको डिलाशैनी गाउँपालिकाले प्रयोग गर्दै आएको लोडरमा राखिएको नम्बर प्लेट दर्ता नभएको खुलेपछि उक्त मेसिनको प्रयोग तत्कालका लागि रोकिएको छ ।
मुक्तकमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।