• १२ कात्तिक २०८२, बुधबार

भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग

blog

सहयोग रकम हस्तान्तरण गर्दै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) कात्तिक १२ गते । बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन् । बढैयाताल गाउँपालिका-८, पशुपति बजारका युवाहरूले सोही वडाकी क्यान्सरपीडित ४५ वर्षीया रेखा नेपालीलाई सहयोग गरेका हुन् । 

भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले नेपालीलाई नगद १० हजार सहयोग उपलब्ध गराएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ४५ वर्षीया रेखा नेपालीलाई समूहका सदस्यहरूले वडा सदस्य ममता घर्ती सहित घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

देउसी भैलो समूहका संयोजक खड्कबहादुर सुनारका अनुसार सांस्कृतिक कार्यक्रमबाट उठेको रकम सहयोगले पीडित परिवारलाई राहत मिलोस् भनेर सहयोग गरिएको बताउनुभयो । सहयोग प्राप्त गरेपछि पीडितका श्रीमान् लालबहादुर नेपालीले समूह प्रति आभार व्यक्त गर्दै रकम भन्दा पनि सहयोगीहरूको मन ठुलो भएको बताउनुभयो ।

विगतका वर्षमा देउसी भैलो खेलेर जम्मा भएको रकम वनभोज र भ्रमणमा खर्च गरिने गरेमा यस वर्ष भैलोमा प्राप्त भएको रकम क्यान्सर रोगबाट ग्रसित भूमिहिन सुकुम्वासी परिवारका महिला लाई सहयोग गरेको समुहका संयोजक सुनारले बताउनुभयो ।