बैतडीमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने तयारी तीव्र
बैतडीमा सरकारी तथा सार्वजनिक जग्गामा वर्षौंदेखि हुँदै आएको अतिक्रमण हटाउने तयारी सुरु गरिएको छ ।
बर्खा सुरु नहुँदै भत्किन थाले सडक
यहाँका अधिकांश ग्रामीण सडक बर्खा सुरु हुनुअघि नै भत्किन थालेका छन् । स्थानीय तहले बनाएका ग्रामीण क्षेत्रका कच्ची सडक प्री मनसुनमा हुँदा परेको वर्षाले भत्किन थालेका हुन् ।
प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि सचिवालयमा
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई विधेयक एक वर्षदेखि सचिवालयमै थन्किएका छन् । सभा सञ्चालन भए पनि पु
बाजुराका किसानलाई असिनापानीको त्रास
बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन् । गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन् ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । शुक्रवार सुपप्र ०२००१ ख ०५९८ नम्बरको टिप्परको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दोधारा चाँदनी नगरपालिका –१ का विवश चुनाराको घटनास्थलमै ज्यान गएको हो ।
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार राति करिब साढे १० बजेतिर मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।
विपन्नका लागि साहारा बन्दै 'गाउँले डाक्टर' हरिलाल
कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि 'गाउँले डाक्टर' साबित हुनुभएको छ । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बन्नुभएको हो ।
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
थातथलो सर्दै सौका समुदाय भारतीय अनुमतिको पर्खाइ
नेपालको दार्चुलामा मात्रै बसोवास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुर्खांदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई कैलाली प्रहरीले झन्डै २७ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११, ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो ।
बाजुरामा चट्याङले ३९ भेडाबाख्रा मरे, ४९ बेपत्ता
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरेका छन् भने ४९ बेपत्ता भएका छन्। गत बिहीबार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ का सज्जन कडाराका ११ र जसबिर रावलका २८ गरी ३९ वटा भेडाबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् ।
पानी तान्ने मोटरबाट करेन्ट लागेर महिलाको मृत्यु
कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्यान गएको हो ।
भर्ना भएकालाई विद्यालयमा टिकाउन मुस्किल
टीकापुर नगरपालिकाका सरकारी विद्यालयमा बालबालिका भर्ना हुने दर बर्सेनि घट्दो क्रममा रहेको देखिएको छ । वडा नम्बर ६ स्थित राष्ट्रिय मावि बेलुवामा शैक्षिक सत्र २०७७ मा कक्षा १ मा ५३ जना बालबालिका भर्ना भएकोमा २०८२ मा पुग्दा २१ जना मात्रै भर्ना भएका छन् ।
अभियान गाउँमा, भर्ना सहरमा
बाजुराका विभिन्न विद्यालले भर्ना अभियान सुरु गरेका छन् । नयाँ शैक्षिक सत्र २०८३ का लागि यहाँका विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेका हुन् । विद्यालयले नयाँ भर्नाका लागि अभियान सुरु गरे पनि यहाँका बालबालिका भने बर्सेनि नयाँ भर्ना हुनका लागि धमाधम सहरतिर झर्न थालेका छन् । पहिले गाउँमा उच्च शिक्षा पढ्ने विद्यालय थिएन । त्यसैले यहाँका बालबालिकाले कक्षा १ देखि १० सम्म गाउँका विद्यालयमा पढ्ने र त्यसपछि मात्र उच्च शिक्षा पढ्नका लागि सहरतिर जाने गर्थे । अहिले स्थानीय सरकारले यहाँका बालबालिकालाई पढ्न सहज हुने गरी गाउँमै उच्च मावि, क्याम्पसलगायतका शैक्षिक संस्था स्थापना गरेका छन् तर यहाँका बालबालिका भने सहरकेन्द्रित हुने गरेका छन् ।
खरबुजा बेच्न भ्याइनभ्याइ
कैलालीका किसानलाई खरबुजा बेच्न भ्याइनभ्याइ भएको छ । सिजन सुरु भएपछि बगर खेती गर्दै आएका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको हो । मोहना, खुटिया नदीको बगरमा खरबुजा खेती गर्दै आएका उनीहरू धनगढीमा ल्याएर आफ्नो उत्पादन विक्री गरिरहेका छन् । गर्मीमा उत्पादन हुने खरबुजा यो सिजनका लागि फलदायी मानिन्छ । पथरी, धुरझन्ना, बङ्गरा, भुइयाँघाट, जुगेडातिर बगर खेती गरेका किसानले बयलगाडामा राखेर बजारसहित विभिन्न टोल टोलमा समेत पुगेर आफ्नो उत्पादन बिक्री गरिरहेका छन् ।
रुखबाट लडेर वृद्धको मृत्यु
जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
घरमै राहदानी पुर्याउने सेवा सुरु
जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीको राहदानी घरमै पुर्याउने गरी हुलाकसँग सम्झौता गरेको छ। उक्त सेवा बुधबारदेखि लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट मासिक रूपमा तीन सयभन्दा बढी सेवाग्राहीले राहदानी बनाउने गरेका छन्।
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।
चुरेमा भएको वन अतिक्रमण हटाइयो
कैलालीको चुरे क्षेत्रका वनमा भएको अतिक्रमणलाई डिभिजन वन कार्यालयले हटाएको छ । गोदावरी नगरपालिकाको गोदावरी नदीदेखि माथि चुरे क्षेत्रमा भएको अतिक्रमणलाई हटाइएको हो ।
पहिरोमा परी १३ भेडाबाख्रा मरे, ३८ बेपत्ता
बाजुरामा अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण १३ भेडाबाख्रा मरेको र ३८ बेपत्ता भएका छन् । आज बिहान जिल्लाको जगन्नाथ गाउँपालिका वडा २ माथिल्लो हुनीमा अबिरल वर्षाको कारण पहिरो जाँदा गोठमा राखेका १३ भेडाबाख्रा मरेको ३८ बेपत्ता भएका हुन् ।
लम्कीचुहा अस्पतालमा प्रदेश सरकारले खटायो कर्मचारी
सर्वोच्च अदालतले प्रदेश सरकारको पक्षमा निर्णय गरेर प्रादेशिक अस्पताल बनाउने बाटो खोलि दिएपछि सरकारले दुई जना कर्मचारी पठाएको हो ।
कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र
मुलुकमा सङ्घीय संरचना लागु भएपछि वन व्यवस्थापनलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले सङ्घ र प्रदेश दुवै तहबाट कानुनी तथा नीतिगत व्यवस्था गरिए पनि कार्यान्वयनमा भने संरक्षण क्षेत्र अपेक्षित रूपमा सक्रिय र परिणाममुखी हुन सकेका छैनन् ।
बैतडीमा घरमै पासपोर्ट पुर्याउने सेवा सुरु
सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीमा घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ ।