दार्चुला जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् ।
नदी कटानले सखाप हुँदै खेतीयोग्य जमिन, किसान चिन्तित
मोहना नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि किसान चिन्तित भएका छन् । कैलारी गाउँपालिका –३ स्थित खोनपुर र शिवरत्नपुर गाउँका किसान चिन्तित् भएका हुन् ।
बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ ।
दार्चुलामा जिप दुर्घटना : दस जना घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
खोलाले बगाउँदा बालिकाको मृत्यु
उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको हो ।
पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
दार्चुलामा डेंगु सङ्क्रमण पुष्टि
दार्चुलामा एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुषलाई चेकजाँच गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।
नदीका जीवजन्तुको संरक्षणमा जोड
कर्णाली नदीको पानीमा आश्रित जीवजन्तुको संरक्षणमा जोड दिन थालिएको छ । कैलालीको टीकापुरमा शक्रबार र शनिबार आयोजित गोष्ठीमा सरोकारवालाले जोखिममा रहेका जीवजन्तुको संरक्षणमा जोड दिएका छन् ।
ब्लड बैङ्क र अक्सिजन प्लान्ट अभाव
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पताललाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको अभाव हुने गरेको छ । यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लालगायतका बिरामी आउने गर्छन् । बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ ।
दुई सय योजना सम्पन्न
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा दुई सय वटा योजना पूरा गरेको छ । गत आवमा गरेका योजना र बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै नगरपालिकाले सो योजनामा ५५ करोड १६ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार ५६ करोड ५६ लाख रकम प्राप्त भएकोमा एक करोड १४ लाख रुपियाँ खर्च भएन । प्रतिशतका हिसाबले ९५ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो ।
प्रदेश विपद प्राधिकरण गठन आवश्यक : मन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशमा प्रदेश विपद प्राधिकरण गठन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै
सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (बिहीबार) बस्ने भएको छ । आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।
'अपराध र लागु औषध नियन्त्रणमा जनप्रतिनिधिको सहयोग आवश्यक'
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कुनै पनि व्यक्ति वा नेताको मुख नहेरी अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
सम्पर्कविहीन भएको तीन दिनपछि बालक मृत फेला
बाख्रा चराउन जाने विषयमा विवाद भएका एक बालक सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् ।
कैलाली कारागार घटना : छानबिन समितिले बुझायो प्रतिवेदन
एक जना कैदीको ज्यान जाने गरी कैलाली कारागारमा भएको हिंसात्मक घटना छानबिनका लागि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
विद्यालयमा खानेपानी चरम अभाव
बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन ।
आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ ।
खानेपानीको रकम भुक्तानी अझै भएन
डोटीका दुई वटा पालिकासँग सीमा जोडिएको महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्याइएको छ तर खानेपानी पुर्याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिदबापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ ।
प्रधानाध्यापक नियुक्ति रद्द
सङ्घीय शिक्षा ऐनसँग बाझिएपछि कैलालीको घोडाघोडी नगरपालिकाले प्रधानाध्यापकको नियुक्ति रद्द गरिएको छ । गत भदौमा खुला आवेदनबाट नगरपालिकाका विभिन्न विद्यालयमा २७ जना प्रधानाध्यापक नियुक्त गरिएको थियो ।
महिलाको मुद्दाम पुरुषको साथ आवश्यक
महिलाको मुद्दालाई अगाडि बढाउन पुरुषले पनि साथ दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला समन्वय समिति सुदूरपश्चिम प्रदेश सभाले मङ्गलबार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले महिलाको मुद्दामा पुरुषको साथ पनि आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेनु चन्दले बहुविवाहले महिलालाई मात्रै नभई पुरुषलाई पनि असर गर्ने भएकाले यसको विरुद्धमा पुरुषले पनि बोल्न जरुरी रहेको बताउनुभयो । “मानवीय जीवनमा मजाकिया तरिकाले कानुन ड्राफ्ट गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “बहुविवाहले पुरुषलाई पनि असर गर्छ ।”
घाइते ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज
निको भएपछि सेती प्रादेशिक अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो।अस्पतालले डिस्चार्ज गरेका मध्ये ३४ जनालाई कोभिड अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।उहाँका अनुसार निको भएका पाँच जना कैदीलाई उनीहरुको इच्छानुसार अन्यत्र स्थानान्तरण गरिएको छ।
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् ।
परिचयपत्र बनाउन आएको वृद्धको मृत्यु
राष्ट्रिय परिचयपत्र बनाउन आएका तुर्माखाँदका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउने क्रममा मृत्यु भएको हो ।
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३, रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।