आठ सय पैँसट्ठी रोपनी सरकारी जग्गा अतिक्रमण
बैतडीमा ८६५ रोपनी वनक्षेत्रको सरकारी जग्गा अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणमा महìवपूर्ण जडीबुटी पाइने संरक्षित वनसमेत परेका छन् । डिभिजन वन कार्यालयका अनुसार जिपिएसका माध्यमबाट अतिक्रमित वनक्षेत्रको तथ्याङ्क लिइएको छ । तथ्याङ्क अनुसार दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक संरक्षित वनको गिवाखोला वन र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको छ । सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा वन अतिक्रमण भएको डिभिजन वन प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रमको तयारीमा प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८३/८३ का लागि प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी गर्न थालेको हो । प्रदेश सरकारले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको प्रदेश नीति तथा योजना आयोगले जानकारी दिएको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको छ ।
इन्धनको मूल्यवृद्धिले विकास योजना प्रभावित
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण बैतडीसहित सुदूरपश्चिम प्रदेशका विकास निर्माणका काममा असर पर्न थालेको छ । इन्धनको अभाव र बढ्दो लागतका कारण निर्माण व्यवसायीले काम सञ्चालन गर्न कठिनाइ भोग्नु परेको बताएका छन् ।
पढ्दै कमाउँदै कृषिका विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथोदेखि सातौँ सेमेस्टरका विद्यार्थी कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै कमाइ गर्न थालेका छन् । विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्यार्थी अब पढ्दै कमाउँदैको चरणमा पुगेका हुन् । अहिले टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलिरहेका छन् । पाँच वटा समूहमा २० जना विद्यार्थीले यहाँ तरकारी खेती गरिरहेका छन् ।
आमपानी झरनामा बढे पर्यटक
गर्मी बढेसँगै प्राकृतिक झरनामा पर्यटकको भिडभाड बढ्न थालेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनक्षेत्रमा रहेको आमपानी प्राकृतिक झरना आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै आएको छ ।
बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ ।
घरदैलो अभियानमार्फत विद्यार्थी भर्ना कार्यक्रम सुरु
नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
सुदूरपश्चिमको पहिलो केबलकार : धमाधम काम हुँदै
सुदूरपश्चिम प्रदेशको पहिलो केबलकारको रूपमा जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गर्न थालेको चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ ।
स्याउ खेतीप्रति बाजुराका कृषक आकर्षित
बाजुराको अधिकांश किसानको स्याउ खेतीप्रति आकर्षण बढेको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेतीप्रति चासो थिएन ।
बैतडीमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुने
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
महाकाली नदीमा दुई देशको फोहोर : प्लास्टिक र सिसाजन्य वस्तु अधिक
नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीमा दुई देशका छ वटा सहरको डम्पिङसाइटको फोहोर सिधै थुप्रन थालेको छ । नदीमा प्लास्टिक, अलमुनियम र सिसाजन्य फोहोरसमेत फाल्ने गरिएको छ । नदीमा भारततर्फको धारचुलादेखि बनवासा र टनकपुरको सहरी फोहोर र नेपालको दार्चुला, बैतडीदेखि कञ्चनपुरसम्मको फोहोर महाकाली नदीमै मिसिने गरेको छ । फोहोरका कारण पवित्र नदीको पारिस्थितिक प्रणाली र तटीय क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको एक अध्ययनले देखाएको छ । यति मात्रै होइन, महाकालीमा पाइने ‘गोल्डेन महाशिर’ प्रजातिको माछाको जीवनचक्र सङ्कटमा परेको छ । महाकालीमा फुल पारेर भुरा हुर्काउने वयस्क ‘गोल्डेन महाशिर’ को तौल ५० किलोसम्म हुने गरेको छ ।
युवालाई रोजगारी दिँदै रानीसैन
बाजुराको पर्यटकीय स्थलका रूपमा रहेको रानीसैन पछिल्लो समय यहाँका बेरोजगार युवाको रोजगारीको माध्यम बनेको छ । रानीसैन अत्यन्तै आकर्षक तथा मनमोहक ठाउँ भएकाले त्यहाँ पुग्नका लागि पनि सहज बाटो नबन्दा गुमनाम जस्तै रहँदै आएको थियो । हिमाली गाउँपालिकाले यसको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राखेर बाटो बनाइदिएपछि धेरै बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना भएको छ ।
जग्गाधनीपुर्जा वितरणको तयारी
भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यहाँका थप डेढ सय अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ । जिल्लाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिको बैठकबाट कानुन अनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीले जानकारी दिनुभयो ।
‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
यहाँको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो ।
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुलेको छ ।
एउटै कार्यालयले जारी गरेको लालपूर्जा एउटाको सदर अर्कोको अलपत्र
२०३८ सालमा नापी भई २०४५ सालमा लालपूर्जा पाएका टीकापुर नगरपालिका–२ कोठारपुरका तीन परिवारको उठीबास लाग्ने भएको छ ।