• १७ वैशाख २०८३, बिहिबार

पानी तान्ने मोटरबाट करेन्ट लागेर महिलाको मृत्यु

blog

अविनाश चौधरी
धनगढी, वैशाख १७ गते ।
कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुुुसार बुधबार साँझतिर महिलालाई करेन्ट लागेको थियो ।

नल्काबाट पानी तान्ने मोेटरबाट करेन्ट लागेर गम्भीर घाइते विकलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो । चेकजाँच गरेर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।