टिटी तालमा पर्यटकको चहलपहल
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटी तालमा पर्यटकको चहलपहल ।
छोमाछो ताल र निलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल ।
कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल ।
गहुँखेती
बझाङको बित्थडचिर गाउँपालिका–४ तल्लाभतडाका किसानले लगाएको गहुँबाली ।
निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
म्याग्दीको मलम्पार गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।
भेरी किनार आसपासको क्षेत्र
भेरीको किनारस्थित गुर्भाकोट नगरपालिकाको प्रशासकीय केन्द्र मेहलकुना तथा आसपासको क्षेत्र ।
हिउँ परेपछि पदयात्रीलाई सकस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री।
राउटे समुदायका बालबालिका
सुर्खेतको लेकबेशी नगरपालिका–७स्थित पुलटारमा राउटे समुदायका बालबालिकाहरु।
गुफापोखरी
यो तेह्रथुमको मेन्छयायेम गाउँपालिका, ताप्लेजुङको मैवाखोला गाउँपालिका र सङ्खुवासभाको चैनपुर नगरपालिकाको सिमा क्षेत्रमा पर्दछ ।
हिउँले छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भिरपाखा सबै हिउँले सेताम्मे भएको हो ।
साँख गाउँ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित साँख गाउँ ।
घट्टेखोला बगर र निलगिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । यो स्थानलाई स्थानीयले बोक्सीखोला पनि भन्ने गर्छन् ।
भार्से गाउॅ
गुल्मीको सत्यवती गाउॅपालिका–८ स्थित भार्से गाउँ ।
भोजपुरको श्यामशिला बजार
भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला र भोजपुर–लेगुवा मध्यपहाडी सडक ।
शालीनदीमा स्वस्थानीका व्रतालुको घुइँचो (फोटो फिचर)
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा (फाेटाे फिचर)
धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङ्गराेगनको कार्य सम्पन्न गरिँदैछ । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट जल ल्याई अष्टमीमा आर्यावलोकितेश्वरलाई महास्नान गराइन्छ ।
चासोक मेलामा गुञ्जिदै मौलिकता (फोटो फिचर)
पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ४ मा अवस्थित सुम्हात्लुङ गडी क्षेत्रमा यतिखेर मौलिकताको गुञ्जायस छ ।
नयाँ वर्ष सन् २०२६को पहिलो सूर्योदय
इस्वी संवतको नयाँ वर्ष २०२६ आज (बिहीबार) देखि सुरु भएको छ। पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदयको दृश्य ।
जगदुल्ला ताल
डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित हिमालको काखमा रहेको जगदुल्ला ताल । तालमा तीर्थ व्रतका लागि सयौँ स्थानीयबासीहरु यहाँ आउने गर्दछन् ।
तमु ल्होसारको रौनक (फोटो फिचर)
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो ।
कालीगण्डकीमा निर्माणाधीन पुल
तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल ।
हात्तीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक
चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा हात्तीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक ।
दाउराको भारी लिएर घर फर्किदै महिला
जङ्गलबाट दाउराको भारी लिएर घर फर्किदै गरेका धादिङको रुवीभ्यालीका महिला । ‘ उनीहरू भन्छन् महिलालाई अझ दोहोरो बोझ छ, बालबच्चा, घरधन्दा, पशुपालन, बारी खन्ने सबै गर्नुपर्छ ।’