• ८ चैत २०८२, आइतबार

मौसम खुलेपछिको ताप्लेजुङको मनमोहक दृश्य

blog

मौसम खुलेपछिको ताप्लेजुङको सफा र मनमोहक दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते ।
आइतबार बिहान ताप्लेजुङमा मौसम सफा भएको अर्थात खुलेको छ । शुक्रबार र शनिबार दुई दिन लगातारको रोकिएसँगै मौसम खुलेको हो ।

यता दुई दिनसम्म भएको वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रसहित हिमाली भेगमा हिमपात भएको हो । हिमपात भएपछि उच्च हिमाली भेगका डाँडाकाँडाहरु हिउँले ढाकेर सेताम्मे भएका छन् । 

स्थानीयका अनुसार यो वर्षको हिउँद मौसममा भन्दा यसपटक बढी हिउँ परेको छ । चैत महिनामा वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । मकै लगायतका खाद्यान्न बाली, नगदे बाली अलैँची, फलफूल लगायतलाई वर्षा र हिमपातले फाइदा गरेको किसानको भनाइ छ ।

यस्तै मौसम खुलेसँगै सेताम्मे हिमाल, मनमोहक सफा र सन्दर दृश्यले ताप्लेजुङ भ्रमणमा आएका पर्यटकलाई आनन्दित तुल्याएको छ । मनमोहक दृश्यप्रति पर्यटकहरु लोभिएका फुङ्लिङ बजारका होटल व्यवसायी कैलास बानियाँले बताउनुभयो । यता हिमपातका कारण जिल्लामा चिसो निकै बढेको छ । यद्यपि, आइतबार बिहानदेखि मौसम खुलेसँगै घाम भने लाग्न थालेको छ ।