• २८ वैशाख २०८३, सोमबार

क्यान साधारणसभा : एनपिएल प्रतिवेदन स्वीकृतिसहित अवार्ड गर्ने निर्णय

blog

काठमाडौँ, वैशाख २८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल )को दुवै संस्करणको वित्तीय प्रतिवेदनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

क्यानको विराटनगरमा सम्पन्न साधारणसभाले यसै वर्षदेखि क्यान वार्षिक अवार्ड आयोजना गर्ने लगायत महत्त्वपूर्ण निर्णय पनि गरेको छ । साधारण सभाले क्यानको वार्षिक कार्यक्रम, योजना र बजेटलाई स्वीकृति पनि प्रदान गरेको छ । 

यस्तै क्यानले एनपिएलबाट प्राप्त आम्दानीमार्फत देशभरका ४५ जिल्ला क्रिकेट सङ्घलाई वार्षिक दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने, क्यान वार्षिक अवार्ड आयोजना गर्ने लगायत निर्णय पनि गरेको छ ।

अवार्ड अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महिनामा उत्कृष्ट पुरुष, महिला, युवा, लाइफटाइम अचिभमेन्ट र मोमेन्ट अफ दी इयर विधा समावेश गरिने उल्लेख छ ।