• ७ वैशाख २०८३, सोमबार

बेइजिङमा मनाइयो अन्तर्राष्ट्रिय आरोग्य दिवस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते । चीनको वेइजिङस्थित नेपाली दूतावासले दूतावास परिसरमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा सोमबार कार्यक्रम आयोजना गरेको छ। 

स्वास्थ शैलीको प्रवद्धन, मानसिक तथा शारीरिक स्वास्थप्रति सचेतना अभिवृद्धि गर्ने उदेश्यसहित गरिएको कार्यव्रmममा नेपाली दूतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले योगध्यानले स्वास्थ्य सेवामा वित्तीय भार कम गर्ने मात्र नभै विश्वव्यापी स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न पनि सहयोग पुर्याउने बताउनुभयो ।

नेपालको प्रस्तावलाई संयुक्त राष्ट्रसङघको महासभाले पारित गरेपछि हरेक र्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा विश्वभरी मनाउन थालिएको हो । 

कार्यवाहक राजदुत खनालले दिगो विकास लक्ष्यहरूको कार्यान्वयनमा आरोग्य र योग्ध्यानले योगदान पु¥याउने बताउँदै नेपाल सरकारले घोषणा गरेको ‘नेपाल आरोग्य बर्ष २०२७’ को बारेमा जानकारी दिनुभयो । उहाँले नेपाललाई विश्वस्तरमा आरोग्य पर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । कार्यवाहक राजदुत खनालले नेपालका हिमाल, प्राकृतिक सो्रत,परम्परागत ध्यान योग–अभ्यास आरोग्य पर्यटनका प्रमुख आधार हुनसक्ने पनि उल्लेख गर्नुभयो । 

चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि वाङ सिनले नेपालको प्राकृतिक स्रोत र समृद्ध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै नेपाल र चीनबिच स्वास्थ,योगध्यान, आरोग्य र पर्यावरणीय पर्यटनका क्षेत्रमा सहकार्य हुन सक्ने औल्याउनुभयो । कार्यक्रममा योगगुरु अमरले योग र ध्यानका बारेमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा बेइजिङस्थित विभिन्न दूतावासका कूटनीतिज्ञहरू, विभिन्न चिनियाँ संस्थाका प्रतिनिधिहरू, नेपाली समुदायको उल्लेखीय उपस्थिति रहेको थियो ।