• ७ वैशाख २०८३, सोमबार

उपत्यकासहित पहाडी र हिमाली भूभागमा वर्षा

blog

काठमाडौँ, वैशाख ९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात समेत भइरहेको बताएको छ । 

महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । 

आज राति कोेशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  मङ्गलबार दिउँसो पनि हिमाली भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । 

मङ्गलबार र बुधबार दिउँसो मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको तथा लुमिब्नी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेकोले आवश्यक सर्तकता अप्नाउन पनि महाशाखाले अनुरोध गरेको छ ।