• २६ वैशाख २०८३, शनिबार

बासको अधिकार नागरिकको मौलिक हक : अध्यक्ष हर्कराज राई

blog

हर्कराज राई (साम्पाङ) हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्वासी बस्तीमा बोल्दै ।

राममणि दाहाल

मकवानपुर, वैशाख २६ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले नागरिकको बासको अधिकार हुन्छ र यो मौलिक हक भएको बताउनुभएको छ । 

सांसद राईले शनिबार हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्वासी बस्तीको निरीक्षणपछि उहाँको स्वागतमा आयोजित कार्यक्रममा नेपालमा अव्यवस्थित बसोबासी र सुकुम्वासीको समस्या समाधान गर्नु पर्ने बताउनुभयो । 

उहाँले सरकारले गरेका हरेक कामको खबरदारी गर्ने हो सरकारको कामको मूल्याङ्कन हुन्छ भन्दै अरु कोही रहला नरहला तर म सुकुम्वासी र अव्यवस्थित बसोबासीको पक्षमा रहने बताउनुभयो ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा सुकुम्वासीको समस्या समाधानका बारेमा आफूले धारणा राखेको छ । उहाँले भन्नुभयो, त्यो समस्या घर भत्काएर जनतालाई खेदाएर बेघर बनाउनु हुँदैन सवालमा म स्पष्ट छु ।  

उहाँले अगाडि भन्नुभयो, घर बनाएर बस्ने अधिकार सबैको छ । नागरिकको घर सरकारले आतङ्क मच्चाउने दृष्टिले भत्काउनु हुँदैन भन्ने पक्षमा हामी छौँ । अध्यक्ष राईले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँगको छलफलमा सरकारले घर भत्काएर बेघर बनाउने निरङ्कुश कदम चालेके भन्दै मेचीदेखि महाकालीसम्मका सबै त्यसको विरुद्धमा एक जुट हुन आग्रह गर्नुभयो । 

जनताको साथमा छुँ, सडक र सदनबाट सुकुम्वासीको समस्याका सवाल उठाउने छौँ । उहाँले भेला भएका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आश्वस्त पार्दै भन्नुभयो । 

उहाँले सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गर्दै आएका नागरिकको समस्यालाई हल गर्ने कि उनीहरुलाई बिस्तापित गर्ने हो भन्दै उहाँले घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ सरकार आफै लाग्नु उचित नभएको बताउनुभयो ।