एमालेबाट तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले तनहुँका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ मा भगवती न्यौपाने र क्षेत्र नम्बर २ मा केदार सिग्देललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
सप्तरी २ बाट उम्मेदवारी दिने पूर्व मुख्यमन्त्री सिंहको घोषणा
प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।
नेकपाले मुस्ताङमा टुङ्गायो उम्मेदवार
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ ।
तनहुँका दुई निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवारको टुंगो
नेपाली कम्युनिष्ट पार्टीले तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट युवा नेता सोमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।
तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सर्लाही– ३ बाट नारायणकाजी श्रेष्ठ चुनाव लड्न
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा स्याङ्जामा गुरुङ र थापा उम्मेदवार तय
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
कांग्रेस बैठक ‘सत्ताकेन्द्रित सम्झौता हुँदैन’
नेपाली कांग्रेसले नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ गतेको निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ । नवनिर्वाचित सभापति गग
सुरक्षा व्यवस्था सुदृढ बढ्दै छ मनोबल
गत भदौ २३ गते नवयुवा (जेनजी) आन्दोलनमा मुख्य निसानामा परेका सुरक्षा अङ्गको मनोबल उकास्न सरकारले गरेको प्रयास र आमनागरिकको सहयोगले सार्थकता पाउँदै सुरक्षा अवस्था सुदृढ बन्दै गएको छ ।
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
राष्ट्रियसभाको अधिवेशन आजदेखि
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।
‘निर्वाचनको तयारी नब्बे प्रतिशत सकियो’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।
एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंगो लगायो (सूचीसहित)
नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबिच छलफल
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि पंकजविक्रम नेम्वाङसहित पाँच जनाकाे नाम सिफारिस
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास
नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।
एमाले सचिवालय बैठक जारी
नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
सभापति गगनलाई नेत्री सुजाताको बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिनु भएको छ। उहाँले परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गर्नुभएको छ।
समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य : पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ ।
‘कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजान्छौँ’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनु भएको छ ।
कांग्रेस देउवा पक्षले कानुनी उपचार खोज्ने
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
ग्रीनल्यान्ड राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिका समर्थक नहुने देश विरुद्ध आर्थिक शुल्क लगाउन सकिने संकेत दिनु भएको छ ।
देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ ।