• २५ वैशाख २०८३, शुक्रबार

एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सचेतक रोशनी मेचेलाई बधाई ज्ञापन गर्नुहुँदै । तस्बिरः अध्यक्ष ओलीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २५ गते । नेकपा (एमाले)ले राष्ट्रिय सभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गर्नुभएको हो।

मेचे आदिवासी जनजाति अधिकारको अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । झापा निवासी मेचेलाई अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता बादलले बधाई ज्ञापन गर्नुभयो ।