समानान्तर तयारीमा आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रूपमा गरिरहेको बताउनुभएको छ । कार्यवाहक प्रमुख भण्डारीले पुराना र नयाँ सबै राजनीतिक शक्ति चुनावका लागि तयार भइसकेकोले आयोग चुनावी तयारीमा पूर्ण रूपमा लागेको बताउनुभएको हो ।
मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
‘अपाङ्गता भएकै व्यक्तिलाई समानुपातिक प्रतिनिधित्व गराउनुपर्छ’
अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षधर अभियक्ताले प्रतिनिधि सभाको समानुपातिकको सूचिमा अपाङ्गता भएकै व्यक्तिलाई समावेश गर्न माग गरेका छन् ।
नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने काम भइरहेको छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताउनुभएको छ।
बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो चार पदाधिकारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पद मिलान गर्न चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ ।
मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
मानव अधिकार आयोगमा एमाले अध्यक्ष ओलीको बयान
नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ।
राजनीतिज्ञ सुवेदीको स्वास्थ्यमा समस्या
राजनीतिज्ञ तथा प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या देखिएको छ ।
रास्वपा केन्द्रीय समिति बैठकः दुई उपसमिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै चुनावको तयारी समानान्तर : प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैतर्फको चुनावको तयारी समानान्तर रुपमा गरिरहेको बताउनुभएको छ।
बुढीगङ्गा नगर भवन निर्माण ठेक्का: तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा
बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य हो :अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक
केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।
गृहमन्त्री अर्यालसँग शितगङ्गामा प्रशासन कार्यालयका प्रतिनिधिको भेट
गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका नगर प्रमुखसहितको एक टोलीले आइतबार गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ।
गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिकाे भेटवार्ता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरू र केही राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका सदस्यहरुले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ।
एमाले उपाध्यक्ष पौडेल रूपन्देही २ बाट एकल सिफारिस
नेकपा एमाले रूपन्देहीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह
प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ।
एमाले लमजुङबाट उपाध्यक्ष गुरुङसहित ६ जना सिफारिस
नेकपा (एमाले) लमजुङले प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
प्रस्ताव आए मिल्न तयार : सहसंयोजक नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ ।
स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन ‘माइलस्टोन’ : एमाले उपमहासचिव भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले यस्तो बताउनुभएको हो ।
तनहुँमा एमालेद्वारा उम्मेद्वार सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
संसद पुनःस्थापना उत्तम विकल्प : एमाले केन्द्रीय सदस्य ज्ञवाली
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनःस्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताउनुभएको छ ।
रौतहट १ मा एमालेबाट अजय गुप्ताको एकल सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ताको नाम सिफारिस गरेको छ ।