सभामुख अर्याललाई रास्वपाको बधाई, पार्टी जिम्मेवारीबाट अलग भएको जानकारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।
सभामुखले सम्हाल्नु भयो कार्यभार
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ ।
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
गृहमन्त्री गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सांसद पुनको सुझाव
स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ ।
सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल
नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय
सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सभामुख अर्यालद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो
सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ ।
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानुनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद् लाभान्वित हुनेछः डा. वाग्ले
अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसद्को गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुखमा अर्याल निर्वाचित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक : अर्याल सभामुख निर्वाचित भएको घोषणा
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्ने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सभाको पाँचौं बैठक आज बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयदेखि महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने भएको छ ।
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ ।
स्थानीय तहमा निमित्त प्रमुख शून्य बनाउने अभियान
सरकारले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा विकासनिर्माण, दीर्घकालीन महत्वका योजना, अन्तरतह समन्वय कमजोर बन्दै गएका कारण सरकारले निमित्त प्रमुख नराख्ने भएको हो ।
एमालेद्वारा सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।
कांग्रेसको १५ औँ महाधिवेशन आरम्भ, एक महिने जरा अभियान घोषणा
नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ ।
कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउनुभएको छ ।
सांसद जोशीसँग भेटघाट
कैलाली घर भइ विभिन्न कारणले काठमाडौँमा बस्दै आएका कैलालीका आफ्ना सहयोगीसँग सांसद जगतप्रसाद जोशीले भेटघाट गर्नुभएको छ ।
१५ औँ महाधिवेशनको तयारीमा नेपाली काँग्रेस : सानेपामा अभिमुखीकरण कार्यक्रम
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।