• २१ चैत २०८२, शनिबार

सांसद जोशीसँग भेटघाट

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत २१ गते । कैलाली घर भइ विभिन्न कारणले काठमाडौँमा बस्दै आएका कैलालीका आफ्ना सहयोगीसँग सांसद जगतप्रसाद जोशीले भेटघाट गर्नुभएको छ । कैलाली क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको जगतप्रसाद जोशीलाई कैलाली घर भइ काठमाडौँमा बस्दै आएका विभिन्नि व्यक्तिहरुले विभिन्न माध्यमबाट सहयोग गर्नुभएको थियो । ती सहयोग गर्ने सबैलाई उहाँले आज काठमाडौँमा धन्यवाद दिनुभएको हो । 

भेटघाटमा उहाँले कैलाली क्षेत्र नं.३ का बासिन्दा अरुभन्दा सोझो र लाटो रहेको बताउनुभयो । “हामी अरुभन्दा सोझो र लाटो छौँ, धेरै कुराको हामीलाई ज्ञान नै छैन तर यो पाँच वर्षको अवधि छ सिक्दै काम गर्छौ,”उहाँले भन्नुभयो,“अरुले ‘डिपिआर’ ल्याएर पेस गरे, हामीसँग त्यो छैन, कुरा सत्य भए पनि बोलीको भरमा काम हुँदैन ।” उहाँले ‘डिपिआर’ लिएर कार्यक्रम माग गर्न भेटघाटमा सहभागीहरुसँग आग्रह गर्नुभयो । 


लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहनु भएका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । उहाँ २० हजार ३५९ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।