• २४ चैत २०८२, मङ्गलबार

लुम्बिनी प्रदेश सभाको पाँचौं बैठक आज बस्दै

blog

दाङको राप्ती उपत्यका स्थित लुम्बिनी प्रदेशको प्रदेश सभा । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, चैत २२ गते ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयदेखि महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने भएको छ ।

बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।  त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले “लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक” सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री चेत नारायण आचार्य ले “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव मगरले जानकारी दिनुभयो ।

लामो समयपछि बस्न लागेको प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका महत्वपूर्ण विधेयकहरू अघि बढ्ने भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।