• २१ चैत २०८२, शनिबार

१५ औँ महाधिवेशनको तयारीमा नेपाली काँग्रेस : सानेपामा अभिमुखीकरण कार्यक्रम

blog

काठमाडौँ, चैत २१ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो । यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ ।

अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित हुनुहुन्छ । निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूले पार्टीको साङ्गठनिक सुदृढीकरण र महाधिवेशनका लागि आवश्यक तयारीका कामहरू गर्ने जनाइएको छ ।