• २२ चैत २०८२, आइतबार

प्रत्यक्ष प्रसारण

प्रतिनिधिसभा बैठक : अर्याल सभामुख निर्वाचित भएको घोषणा

blog

काठमाडौँ, चैत २२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्ने सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

त्यस्तै, आजै राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ ।

त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।