• २२ चैत २०८२, आइतबार

महान्यायाधिवक्ता डा. कँडेलद्वारा शपथ ग्रहण

blog

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल।

काठमाडौँ, चैत २३ गते । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम,  सर्वोच्च अदालतका न्यायाधीश र कानुन मन्त्रालयका उच्च अपधिकारीको उपस्थिति थियो । 

अधिवक्ता डा. कँडेल बागलुङ निवासी हुनुहुन्छ । उहाँले आइतबार नै महान्यायाधिवक्ताको रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।